Like us!
Follow us!
Connect us!
Watch us!

तीन महिलामाथि जबर्जस्ती करणी

आइतबार, २५ कार्तिक २०७५, १८ : १४ मा प्रकाशित

तीन महिलामाथि जबर्जस्ती करणी

अर्थ संसार, सुर्खेत- यो सातामा मात्र जुम्लामा तीन महिला एकैदिन जबर्जस्ती करणीको शिकार भएको उजुरी प्रहरीमा परेको छ ।

यही कात्तिक १८ गतेका दिन पातारासी गाउँपालिका–२ का एक र तिला गाउँपालिका–४ जुम्लाका दुई महिलाले आफू जबर्जस्ती करणीमा परेको उजुरी प्रहरीमा हालेका हुन् ।

पातारासीका पीडित महिलाको बयानका आधारमा जबर्जस्ती करणी गरेको आरोपमा सोही वडाका ४५ वर्षीय भैरे सार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो ।

तिला गाउँपालिकाका–४ जुम्लाका एकै घरका दुई महिला जबर्जस्ती करणीका चार आरोपित भने फरार रहेको प्रहरी नायब उपरीक्षक रिजालले बताउनुभयो ।

कात्तिक १८ गते घरभन्दा करीब छ किलोमिटर टाढा घाँस काटेर बेलुका ७ः३० बजे फर्कदै गर्दा दुई मोटरसाइकलमा आएका चार जनाको समूहले आफूलाई जबर्जस्ती करणी गरेको किटानी जाहेरीसहितको उजुरी परिसकेको र फरार आरोपितको खोजी कार्यलाई तीव्रता दिइएको उहाँले जनाउनुभयो ।

उहाँका अनुसार फरार अभियुक्त पक्राउ नपरेकाले नै नाम सार्वजनिक गरिएको छैन । यही कात्तिक १ गते तातोपानी गाउँपालिका–२ जुम्लाका एक महिलालाई बलात्कार गरेको आरोपमा सोही गाउँपालिका–३ का २६ वर्षीय भक्त सार्कीलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यो एक महीनामा चार जना महिला जबर्जस्ती करणीको शिकार भएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको