Like us!
Follow us!
Connect us!
Watch us!

डोल्पा जीप दुर्घटनामा १० जनाको मृत्यु, मृत्तक सबैको सनाखत

सोमबार, १९ कार्तिक २०७५, १८ : ५५ मा प्रकाशित

डोल्पा जीप दुर्घटनामा १० जनाको मृत्यु,  मृत्तक सबैको सनाखत

अर्थ संसार, डोल्पा– ठूलीभेरी नगरपालिका–९ को कालागौँडा नजीकै बतासे वडारमा आज भएको जीप दुर्घटनाका मृत्तक सबैको सनाखत भएको छ ।

मृत्यु हुनेमा त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटका ४५ वर्षीय हेमराज हमाल, १८ वर्षीया लक्ष्मी रोकाय, ६२ वर्षीय नरसिँह कठायत, २५ वर्षीय शेरबहादुर थापा, सोही नगरपालिका–२ की १३ वर्षीया अस्मिता रोकाय, सोही नगरपालिका–३ का ४५ वर्षीय बुध धराला, २४ वर्षीय कुमार रोकाय, सोही नगरपालिका–५ का १२ वर्षीय याम रोकाय, ठूलीभेरी नगरपालिका–५ का ३० वर्षीय भद्र रोकाय र १७ वर्षीया मनिषा धराला रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अभदेश बिष्टले जानकारी दिनुभयो ।

घाइते हुनेमा त्रिपुरासुन्दरी नगरपालिका–२ का नन्दबहादुर थापा र सोही नगरपालिका–३ का चालक दिनेश बोहरा रहेका छन् ।

घाइते बोहराको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते दुवैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । सबै शवको मङ्गलबार परीक्षण गरेर आफन्तलाई बुझाइने बताइएको छ ।

त्रिपुराकोटतर्फ १२ जना यात्रु बोकेर जाँदै गरेको भे१च १६१० नंको जीप अपराह्न दुर्घटना हुँदा सात पुरुष र तीन महिलासहित १० को मृत्यु भएको हो । जीप सडकबाट पन्ध्र मिटर तल ठूलीभेरी नदीमा खसेको थियो ।

जिल्लावासीलाई सुविधा दिनका लागि हेलिकोप्टरबाट ल्याएका जीप सदरमुकाम दुनै–त्रिपुराकोट दुनै–जुफालमा सञ्चालित थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको