Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेले गर्यो बुल्स रेस, कसको पोल्टामा गयो पुरस्कार ?

आइतबार, २४ पुस २०७३, १३ : १२ मा प्रकाशित

नेप्सेले गर्यो बुल्स रेस, कसको पोल्टामा गयो पुरस्कार ?

अर्थ संसार

काठमाडौं–    नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले पुँजी बजारप्रति जनचेतना जगाउने आयोजना गरेको तेस्रो नेप्से कर्पोरेट बुल्स रेस लिन्च स्टक मार्केटका प्रतिनिधि नवीन अधिकारीले जितेका छन् ।

उनले ५ किलोमिटर दुरीको दौड  १६ः५५ मिनटमा पूरा गरेका थिए । यसैगरी अनलाईन सेकुरिटिजका कुमार घिमिरे द्वितीय र अनलाईनकै विष्णुविक्रम मल्ल तृतीय भएका छन् । महिलातर्फ सिभिल क्यापिटलकी प्रतिनिधि अञ्जना राई प्रथम भएकी छन् ।

नेप्सेले प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ नगद पुरस्कार दिने जनाएको छ । नेप्सेको पुस २९ गते हुने २४ औं वार्षिकोत्समा विजेतालाई पुरस्कार दिइने नेप्सेले जनाएको छ । पुँजी बजार संस्कृतिको प्रवद्र्धन गर्ने, खेलकुद विकासमा सघाउ पु¥याउने र संस्थागत सामाजिक दायित्वको कार्यक्रम गर्ने उद्देश्यले नेप्सेले वार्षिकोत्सवको उपलक्ष्यमा शनिबार बुल रेस गरेको हो ।
 
 नेप्से सञ्चालक समितिका अध्यक्ष रामजी रेग्मी र नेप्सेका महाप्रबन्धक सीताराम थपलियाले संयुक्त रुपमा बुल्स रेसको उद्घाटन गरेका थिए । दौडमा नेप्से, सिडिएस एन्ड क्लियरिङ लिमिटेड, सूचीकृत कम्पनीहरु र धितोपत्र व्यवसायीका प्रतिनिधि गरी ३ सय ७५ भन्दा बढीसहभागी थिए ।

नेप्सेको कार्यालय भद्रकालीबाट सुरु भएको दौड सुन्धारा, न्युरोड, जमल, कान्तिपथ, केशर महल, दरबारमार्ग, घण्टाघर हुँदै नेप्सेमै आएर टुंगिएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको