Like us!
Follow us!
Connect us!
Watch us!

नाफामा अब्बल बन्दै मुक्तिनाथ विकास बैंक, खुद नाफा २० करोड

सोमबार, १९ कार्तिक २०७५, १२ : ४८ मा प्रकाशित

नाफामा  अब्बल बन्दै मुक्तिनाथ विकास बैंक, खुद नाफा २० करोड

अर्थ संसार, काठमाडौं– चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म मुक्तिनाथ विकास बैंक लिमिटेडले २० करोड नाफा कमाएको छ ।

अघिल्लो वर्ष १९ करोड ८४ लाखमा सीमित संचालन मुनाफामा ५७.११ प्रतिशतको बढोत्तरी भई ३१ करोड १७ लाखको उचाई चुमेको छ ।

बैंकको खूद ब्याज आम्दानीतर्फ ६५ प्रतिशतको वृद्धि देखिएको छ । अघिल्लो वर्ष यही अवधिमा २५ करोड ७९ लाख रहेको यस्तो आम्दानी बढेर यो वर्ष ४२ करोड ५७ लाखको उचाईमा पुगेको छ ।

समीक्षा अवधिमा मुक्तिनाथ विकास बैंकले ३३ अर्ब २५ करोड बढी निक्षेप संकलन गरी २८ अर्ब ८५ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा १९ अर्ब ५४ करोड निक्षेप संकलन गरी १६ अर्ब ८० करोड कर्जा परिचालन गरेको थियो ।

अघिल्लो वर्ष ९० करोड ९९ लाखमा सीमित रिजर्बकोषको आकार बढी १ अर्ब १४ करोड पुगेको छ भने ०.०३ प्रतिशतको अनुपातमा रहेको खराब कर्जालाई अझ घटाएर बैंकले ०.०२ को न्यून स्तरमा झार्ने सफलता पाएको छ ।

समीक्षा अवधिमा मुक्तिनाथ विकास बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी९इपीएस०मा अघिल्लो वर्षको तुलनामा २२.४२ प्रतिशतले बढोत्तरी भएको छ । अघिल्लो वर्ष यस्तो आम्दानी २५ रुपैयाँ २६ पैसा रहेकोमा बढेर यो वर्ष ३० रुपैयाँ ९३ पैसाको उचाईमा पुगेको हो ।

यो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १४४.३१ रुपैयाँ र मूल्य आम्दानी अनुपात १२.८१ गुणा कायम भएको छ ।

5bdfec6295ff8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको