Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ बैंकको प्रगतिमा छलाङ्ग

सोमबार, १९ कार्तिक २०७५, १२ : ३५ मा प्रकाशित

सिद्धार्थ बैंकको प्रगतिमा छलाङ्ग

अर्थ संसार, काठमाण्डौ – चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सिद्धार्थ बैंक लिमीटेडले नाफामा छलाङ्ग मारेको छ । यो बैंकले समीक्षा अवधिमा ५२ करोड ५० लाख बढी खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिभन्दा यो नाफा ४३.१० प्रतिशतले बढी हो ।

यसैगरी, अघिल्लो वर्ष यही अवधिमा ५२ करोड ३७ लाख रहेको संचालन मुनाफा बढेर यो वर्ष ७४ करोड ४२ लाखको उचाईमा पुगेको छ भने १३ करोड ७ लाख रहेको फ्री प्रफिट बढेर ३१ करोड १५ लाखको उचाईमा पुगेको छ ।

बैंकले व्यवसाय बिस्तारमा ध्यान दिएका कारण खूद ब्याज आम्दानीतर्फ ६८ प्रतिशतको छलाङ हानेको छ । अघिल्लो वर्ष ७३ करोड ९८ लाख रुपैयाँमा सीमित यस्तो आम्दानी बढेर यो वर्ष १ अर्ब २४ करोडको उचाईमा पुगेको हो ।

समीक्षा अवधिमा सिद्धार्थ बैंकले १ खर्ब निक्षेप संकलन गरी ९० अर्ब ६७ करोड कर्जा परिचालन गरेको छ । बैंकले अघिल्लो वर्षको यही अवधिको तुलनामा निक्षेपतर्फ २९ प्रतिशत र कर्जातर्फ ३० प्रतिशतको प्रगति गरेको हो ।

अघिल्लो वर्ष ४ अर्ब ८२ करोडमा सीमित रिजर्बकोष बढेर ५ अर्ब ६२ करोडको उचाई चुमेको छ भने २.०१ प्रतिशतको अनुपातमा रहेको खराब कर्जा घटेर १.४ प्रतिशतमा सीमित बन्न पुगेको छ ।

समीक्षा अवधिमा बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानीतर्फ अघिल्लो वर्षको तुलनामा करिब १६ प्रतिशतले वृद्धि भई २३.३६ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १६६.४९ रुपैयाँ रहेको छ ।

5bdfe92094606.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको