Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा मंगलबारदेखि अनलाइन प्रणाली लागू हुने, अर्थमन्त्रीले गर्ने भए उद्घाटन

सोमबार, १९ कार्तिक २०७५, १२ : २३ मा प्रकाशित

शेयर बजारमा मंगलबारदेखि अनलाइन प्रणाली लागू हुने, अर्थमन्त्रीले गर्ने भए उद्घाटन

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्सचेञ्ले मंगलबारदेखि अनलाइन प्रणालीलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने भएको छ ।

अनलाइन प्रणालीको उद्घाटनका लागि नेप्सेले अर्थमन्त्री डा युवराज खतिवडालाई प्रमुख अतिथि बनाएर कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रम मंगलबार होटल याक एण्ड यतिमा आयोजना गरिएको छ ।

लामो समयदेखि शेयर कारोबारलाई अनलाइन बनाउने लक्ष्यका साथ लगानीकर्ताले माग राख्दै आएका थिए । लगानीकर्ताको माग बमोजिम नै सरकारले अनलाइन कारोबार प्रणालीलाई लागू गर्न लागेको छ ।

शेयर बजार निरन्तर ओरालो लागिररहेको छ । लगानीकर्ताले दैनिक अबौं गुमाइरहेका छन् । पछिल्लो समयमा उत्कृष्ठ ठानिएका कम्पनीको बजार पूँजीकरण समेत ओरालो लागिरहेको छ ।  जसका कारण लगानीकर्तामा चरम निराशा समेत उत्पन्न भएको छ ।

 नेप्सेले लामो समयदेखि परिक्षण गरिरहेको सो अनलाइन प्रणाली सञ्चालनमा  आएपछि त्यसबाट प्रभावकारी रुपमा बजार व्यवस्थापन हुने विश्वास लिइएको छ ।

वाइको नेपालले तयार पारेको सो प्रणाली लागू भएपछि शेयर खरिद बिक्रीका लागि दलाल कम्पनी कहाँ शेयर लगानीकर्ता समेत जानु नपर्ने अवस्था आउने छ ।

लगानीकर्तालाई सहज सेवा दिने लक्ष्यका साथ अनलाइन प्रणाली सञ्चालनमा ल्याउन लागिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको