Like us!
Follow us!
Connect us!
Watch us!

अपर तामाकोशीको आइपिओमा झुमिए लगानीकर्ता, ३ दिनमा ४ अर्बको आवेदन

सोमबार, १९ कार्तिक २०७५, ०८ : ३४ मा प्रकाशित

अपर तामाकोशीको आइपिओमा झुमिए लगानीकर्ता, ३ दिनमा ४ अर्बको आवेदन

अर्थ संसार, काठमाडौँ– निजी क्षेत्रका जलविद्युत् कम्पनीको साधारण शेयर बिक्न समस्या परिरहेका बेला अपर तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा नागरिकको उल्लेख्य सहभागिता भएको छ ।

यही कात्तिक १५ गते बिहीबारदेखि बिक्री शुरु भएको सो कम्पनीको साधारण शेयरमा आइतबार साँझसम्म करीब ४ अर्ब बराबरको आवेदन परेको छ ।

माथिल्लो तामाकोशी आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार आइतबार साँझसम्म २ लाख छ हजार ९९१ जनाले ३ अर्ब ९९ करोड ७१ लाख बराबरको आवेदन दिएका छन् । कम्पनीले १ अर्ब ५८ करोड बराबरको साधारण शेयर बिक्री गरेको हो ।

कम्पनीले सोमबारसम्म आवेदन दिने म्याद तोकेको छ । शेयर बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल रहेका छन् । कम्पनीले दोलखाको लामाबगरमा ४५६ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ ।

आयोजनाको कूल भौतिक प्रगति ९७ प्रतिशत रहेको छ । “नागरिकको उल्लेख्य सहभागिताले आफूहरुलाई उत्साहित बनाएको र सरकारी स्वामित्वका कम्पनी वा संस्थाप्रति विश्वास रहेकोसमेत पुष्टि भएको छ”, प्रवक्ता डा न्यौपानेले भन्नुभयो ।

सोमबारसम्म थप १ अर्बदेखि डेढ अर्बसम्मको आवेदन पर्नसक्ने सम्भावना रहेको उहाँको भनाइ छ । कम्पनीले निकट भविष्यमा नै रोलवालिङ जलविद्युत् आयोजना निर्माण गर्ने तयारी गरेको छ ।

यो पनि पढ्नुहोस्

एलआइसी नेपालको शेयर धमाधम बेच्दै लगानीकर्ता, एलआइसीको ठगि धन्दा पर्दाफास 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको