Like us!
Follow us!
Connect us!
Watch us!

‘गुण्डा नाइके’ बस्नेतकी श्रीमती माया पक्राउ

आइतबार, १८ कार्तिक २०७५, १३ : ५७ मा प्रकाशित

‘गुण्डा नाइके’ बस्नेतकी श्रीमती माया पक्राउ

अर्थ संसार, काठमाडौं -गुण्डा नाइके समिरमान बस्नेतकी श्रीमती माया शेरचनलाई महानगरीय अपराध महाशाखाले आइतबार पक्राउ गरेको छ।

निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचन र युवा संघका रूपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्यामा पेस्तोल दिएको अभियोगमा उनलाई पक्राउ गरिएको हो। उनलाई आइतबार काठमाडौंको स्वयम्भू, ठूलो भर्‍याङबाट उनलाई पक्राउ गरिएको एसएसपी धीरज सिंहले जानकारी दिए।

दुर्गा तिवारी हत्यामा पक्राउ परेका लोप्सन लामा र गौचन हत्यामा समातिएका अमर रानाले दिएको बयानका आधारमा उनलाई पक्राउ गरिएको सिंहले बताए। यी दुबै जनाले मायाले आफूहरूलाई पेस्तोल दिएको बताएका थिए।

गत वर्ष असोज २३ गते राजधानीको शान्तिनगरमा गोली हानी गौचनको हत्या भएको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको