Like us!
Follow us!
Connect us!
Watch us!

एलआइसी नेपालको लाभांशमा बीमाको कैची, लगानीकतालाई ठक्दै एलआइसी

आइतबार, १८ कार्तिक २०७५, ११ : ५२ मा प्रकाशित

एलआइसी नेपालको लाभांशमा बीमाको कैची, लगानीकतालाई ठक्दै एलआइसी

अर्थ संसार, काठमाडौं– एलआइसी लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडले घोषणा गरेको लाभांशमा नियमन नियका बीमा समितिले कैची लगाएको छ ।

२०७५ साउन २४ गते कम्पनीले घोषणा गरेको ३६ प्रतिशत बोनस शेयरलाई बीमा समितिले कैची लगाएको हो ।

बीमा समितिले कैचीलगाएपछि इस्योरेन्सले २०७५ कात्र्तिक १७ गते बसेको संचाल समितिको बैठकले पुन १२ प्रतिशत बोनस शेयर र सोमा  लाग्ने कर प्रयोजनको लागि ०.६३ प्रतिशत नगद लाभांशको घोषणा गरेको छ । उक्त प्रस्तावित लाभांश बिमा समितिको स्वीकृती र आगामि वार्षिक साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।

लगानीकर्तालाई ठक्दै एलआइसी

 आफ्नो ग्राहक र लगानीकताईलाई आकर्षण गर्न सिपालु एलआइसी लाइफ इन्स्योरेन्स कर्पाेरेशनले २०७४ साउन २४ गते ३६ प्रतिशत बम्पर लाभांश घोषणा गर्यो । कम्पनको आयस्रोत, मुनाफा र बजार भ्यालुलाई मध्यनजर नगरी बम्पर लाभांश घोषणा गरेको देखियो । लगानीकर्तापनि लाभांशको लोभमा दोस्रो बजारमा महंगो मूल्यमा शेयर उठाए ।

त्यहि विचमा कम्पनी  भित्रका लगानीकर्ताले महँगो मूल्यमा शेयर बच्न पनि भ्याए । समितिले गरेको ३६ प्रतिशत लाभांशको घोषणा लगानीकर्तालाई डुवाउने र कम्पनीका पदाधिकारीहरु मोटाउने खेल रहेको अहिले आएर छलंङ्ग भएको छ ।  त्यतिखेर दोस्रो बजारमा १७ सयमा किनेको शेयर अहिले १५ सय भित्रमा छ ।

चार्टले यस्तो देखाउँछ

प्रचार प्रसारमा आफूलाई अव्वल देखाउँदै आएको एलआइसी लाइफ इन्स्योरेन्सको केही महिनादेखिको चार्टले दोस्रो बजारमा शेयर मूल्य घट्दै आएको देखिन्छ । बीमा समितिको लाभांशको कैचीले अझ दोस्रो बजारमा मूल्य घट्ने लगानीकर्ताहरु भनाईछ ।

5bde936f7bae2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको