Like us!
Follow us!
Connect us!
Watch us!

त्यतिखेर ५० रुपैयाँमा ब्यवसाय, अहिले बल्ल ५ हजारको भएको छ

शनिबार, २३ पुस २०७३, ११ : ४३ मा प्रकाशित

त्यतिखेर ५० रुपैयाँमा ब्यवसाय, अहिले बल्ल ५ हजारको भएको छ

अर्थसंसार
काठमाडौँ – सडकमा गुडिरहेका चिल्ला गाडीहरु देख्दा मेरो पनि त्यस्तै गाडी भईदिए भन्ने सपना धेरैको मनमा पलाउँछ । त्यही गाडी गुड्ने सडकको छेउमा बसेका व्यापारीमा धेरैको आँखा नपुग्न सक्छ । जीवन धान्नकै निम्ति बाटोको छेउमा व्यापार गरेर गुजारा चलाउने थुप्रै भेटिन्छन् ।

एकछिन् उभिँदा पनि गाडीले हान्लाजस्तै साँघुरो बाटोको छेउमा जुत्ता सिलाउने, तरकारी फलफुलल, कपडागायतका सामग्री बेच्नेको कमी हुँदैन् । बाटोमा मानिसहरुको भिड धेरै हुन्छ । त्यही भिडमा जुत्ता सिलाउँदै थिए गोदाबरी घर भएका चर्तुय रोक्का । विगत ३० वर्षदेखि उनी जुत्ता, चप्पल, झोलालगायतका सामग्री सिलाउँदै आईरहेका छन् । उनले ३० वर्षअगाडि आफ्नो व्यवसाय ५० रुपैयाँमा सुरु गरेका थिए  । झुल्किँदै गरेको बिहानीको घामले उनको मुहार नै चम्किलो बनाएको थियो । ६५ वर्षीय रोक्काले व्यापार सुरु गर्दा ५ मोहरमा एउटा बुट पालीस पाईन्थ्यो । मलिन मुहारमा उनले भने, ‘अहिले त्यही पालिसलाई ३५ रुपैयाँ पर्छ ।’ बढ्दो महङगीसँगै उनले जुत्ता सिलाउँदा प्रयोग गर्ने सामानको पनि भाउ बढेको बताए ।

उनले ३० वर्षअघि ५० रुपैयाँ लगानी गरेर उनले कुपन्डोलको सडकमा ब्यवसाय सुरु गरेका थिए । अहिलेको उनको व्यवसाय ५ हजार रुपैयाँ जतिको भएको छ । उनले व्यापार सुरु गर्दा त्यस ठाउँमा घरै थिएनन् । औलाले अकिंत गर्दै उनले २÷३ वटा मात्र घर भएको बताए । उनले फाटेको जुत्ता, चप्पल, झोला सिलाउनुका साथै जुत्तामा पालिस लगाउने र सोल हाल्ने गर्छन । आजकल दिनमा ४ देखि ५ सय रुपैयाँ व्यापार हुने उनले बताए ।

जुत्ता सिलाउँदा हातमा ठेला उठ्छ भन्दै उनले आफ्नो हातको ठेलासमेत देखाए । उनले जुत्ता सिलाउने कुनै तालिम लिएका छैनन् । अरुले सिलाएको देखेरै उनले काम सिकेका हुन् । व्यापार गर्दा सबै ग्राहक एउटै हुदैनन्, कोही ग्राहक जुत्ता सिलाएको जम्मा ४० रुपैयाँमा पनि घटाउन खोज्छन् ।    

पहिलेदेखि यही ठाउँमा व्यापार गरेकोले यही ठाउँ नै प्यारो लाग्ने उनले बताए । आफ्ना छोराबुहारी गोदाबरीमै छन् । उनलाई भने त्यहाँ गएर बस्न मन लाग्दैन् । आफूले पहिलेदेखि गरेको कामै प्यारो लाग्ने उनले सुनाए ।  कहिलेकाही घरमा बाबाको जुत्ता गनाउँदा नाक थुन्ने आफ्नो बानी देखेर प्रश्न उब्जियो । यसरी अरुको जुत्ता सिलाउँदा गन्ध आउँदैन ? घामको किरणसँगै टल्किएको हँसिलो मुहारसहित ‘सिलाउँदा सिलाउँदै गन्धलाई बास्नाजस्तो लाग्न थालेको’ उनले बताए ।

यो पनि पढ्नुहोस्

आगामी बर्ष राष्ट्रिय प्रसारणमा साँढे १८ मेगावाट विद्युत थप्दैछौं

अहिलेसम्म ११९ कम्पनीले गरे लाभांश घोषणा, कसको कति ?

अनलाइन कारोबार कहिलेदेखि ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको