Like us!
Follow us!
Connect us!
Watch us!

मंसिरसम्म राजस्वअसुली २ खर्ब ८ अर्ब

शुक्रबार, २२ पुस २०७३, १६ : ०२ मा प्रकाशित

मंसिरसम्म राजस्वअसुली २ खर्ब ८ अर्ब

अर्थसंसार
काठमाडौँ –सरकारले २०७३ मंसिरसम्म २ खर्ब ८ अर्ब ७१ करोड ४९ लाख रुपैयाँ राजस्व असुल गरेको छ । सरकारले यस अबधिमा १ खर्ब ९४ अर्ब ८२ करोड ९७ लाख राजस्व संकलन गर्ने लक्ष लिएको थियो । राजस्व असुली लक्ष्यको तुलनामा १ सय ७ प्रतिशत बढी हो । आन्तरिक राजस्व विभागले लक्ष्यको तुलनामा ९९ प्रतिशत र भन्सार विभागले लक्ष्यको तुलनामा ११४ प्रतिशत राजस्व असुली गरेका छन् । लक्ष्यको तुलनामा भन्सार महसुल १ सय १७ प्रतिशत, मूल्य अभिबृद्धि कर शत प्रतिशत, अन्तशुल्क १ सय २२ प्रतिशत प्रगति भएको छ । आयकर, व्याज कर, स्वास्थ्य सेवा कर, शिक्षा सेवा शुल्क, सवारी साधन कर र गैरकरको संकलन भने लक्ष्य अनुरुप हुन सकेको छैन ।

 उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले मंसिरसम्मको राजस्व असुली समीक्षामा राजस्व संकलन एवं चुहावट नियन्त्रण सम्बन्धमा प्रयासहरु भएको भए पनि अपेक्षित सफलता हासिल हुन नसकेको बताए । राजस्व संकलनमा वृद्धि गर्न आवश्यक भएकोले यस सन्दर्भमा कुनै समस्या भए त्यसको पहिचान गरी समाधानका लागि यथाशिध्र पहल गन उनले बताए । आआफूले गर्नुपर्ने कामलाई समयबद्ध रुपमा यथासमयमा सम्पादन गर्न तथा कर प्रशासनको बजार उपस्थितिका कार्यक्रमहरुलाई थप सघन बनाउन उनले निर्देशन दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार पुण्यप्रसाद रेग्मीले राजस्व संकलनमा बढोत्तरी हासिल गर्न कार्यरत जनशक्तिले थप मेहनत गर्नुपर्ने विचार व्यक्त गरे ।

यस्तै कार्यक्रममा अर्थ सचिव शान्तराज सुवेदीले नेपालमा मूल्य अभिवृद्धि करको क्षेत्र र संभावना व्यापक भएकोले आन्तरिक राजस्व विभागले बजार अनुगमनका कार्यक्रमहरुलाई लक्षित उद्देश्यका साथ अघि बढाउन तथा राजस्व चुहावट हुने गरेका क्षेत्रहरुमा बढी क्रियाशील रहन निर्देशन दिए । त्यसै गरी सचिव (राजस्व) राजन खनालले राजस्व संकलनमा लक्ष्य हासिल गर्न अन्तर विभागीय समन्वय र सूचना आदानप्रदानलाई समेत ध्यान दिनुपर्ने आवश्यकता औंल्यए । कार्यक्रममा महालेखा नियन्त्रक राजेन्द्रप्रसाद नेपालले राजस्व संकलन एवं पूंजीगत खर्च गत बर्षको तुलनामा केही सन्तोषजनक रहेको बताए ।

उक्त कार्यक्रममा आन्तरिक राजस्व विभाग, भन्सार विभाग, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग,राजस्व प्रशासन तालिम केन्द्र तथा काठमाडौँ उपत्यका स्थित कार्यालयका प्रमुखहरुले राजस्व संकलन वृद्धि गर्न र चुहावट नियन्त्रण गर्न सम्पादन गरिएका कार्य प्रगति विवरण प्रस्तुत गरेका थिए ।

यो पनि पढ्नुहोस्

सेयर दलाललाई शाखा खोल्न दिने प्रक्रिया लम्बियो, बोर्डले फेरि नेप्सेको राय माग्ने

आगामी बर्ष राष्ट्रिय प्रसारणमा साँढे १८ मेगावाट विद्युत थप्दैछौं

धितोपत्र बजारको विस्तारमा केके भयो गएको बर्ष ?

देवः विकास बैंक आस्बामा आवद्ध

लेकसाइडको होटल स्नोल्यान्डको  ‘पोखरा टुर प्याकेज’, ५ हजारमा ३ दिन बस्ने ब्यवस्था

यूट्युबमा ‘लुट २’ को ट्रेलर टप ट्रेन्डिङ्मा (भिडियोसहित)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको