Like us!
Follow us!
Connect us!
Watch us!

गोलन्जोर गाउँ पालीकामा फ्रि वाईफाई जडान

शुक्रबार, ०९ कार्तिक २०७५, १८ : ०७ मा प्रकाशित

गोलन्जोर गाउँ पालीकामा फ्रि वाईफाई जडान

अर्थ संसार, सिन्धुली– सिन्धुलीको गोलन्जोर गाउँ पालीकामा  प्रविधिमैत्री गाउँपालीका बनाउने उद्देश्य अनुरुप फ्रि वाई फाई जडान गरिएको छ । 

गोलन्जोर गाउँ पालीकाका विभिन्न ७ वडामध्ये ३ वडामा गोलन्जोर गाउँ पालीकाले फ्रि वाई फाई जडान गरेको हो ।

गोलन्जोर गाउँपालीकाका ३,५ र ७ वडामा गरी कुल ३ वडा फ्रि वाई फाई गाउँ पालीकाको ३ लाख ५० हजारको कुल लागतमा जडान गरिएको गोलन्जोर गाउँ पालीकाका निमित्त प्रशासकिय अधिकृत तिर्थ भण्डारीले अर्थ सन्सार सिन्धुलीलाइ्र्र जानकारी दिनु भयो ।

 निमित्त प्रशासकिय अधिकृत भण्डारीका अनुसार गोलन्जोर  गाउ पालीका वडा नम्बर ३ मा  ३ वटा ,  वडा नम्बर ५ मा  ३ वटा र वडा नम्बर ७ मा ३ वटा फ्रि वाईफाइ्र्र पालीकाले जडान गरेको हो ।  जसबाट गोलन्जोर प्रविधिमैत्री बन्दै गएको र गोलन्जोरबासीमा सुचना प्रवाहमा सहज भएको गोलन्जोर गाउँपालीकाले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको