Like us!
Follow us!
Connect us!
Watch us!

स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाले करिब २ करोडको आइपिओ बिक्री गर्ने

बुधबार, ०७ कार्तिक २०७५, ०९ : १० मा प्रकाशित

स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाले करिब २ करोडको आइपिओ बिक्री गर्ने

अर्थ संसार, काठमाडौं – दशैं महत्वपूर्ण अवसर सकिए लगत्तै विभिन्न वित्तिय संस्थाले पुनः साधारण शेयर बिक्री गर्ने प्रक्रिया सुरु गरेका छन् ।

यसै क्रममा आएको स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्था । सो संस्थाले  १ करोड ८० लाख रुपैयाँ बराबरको साधारण शेयर (आइपिओ) बिक्री गर्ने भएको छ ।

कम्पनीको हालै सम्पन्न दोस्रो बार्षिक साधारणसभाले आइपिओ बिक्री गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।कम्पनीले ३० प्रतिशत शेयर जारी गरेपछि चुक्ता पूँजी ६ करोड रुपैयाँ पुग्ने जनाएको छ।

रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको कम्पनीका १९ वटा शाखा कार्यालय सञ्चालनमा छन् भने गत असोज मसान्तसम्म कम्पनीका १० हजार ७५७ ग्राहक पुगेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको