Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री ओली र मेयर विद्या सुन्दर ‘विजुली बस’ मा सरर

मंगलबार, ०६ कार्तिक २०७५, १२ : ४७ मा प्रकाशित

प्रधानमन्त्री ओली र मेयर विद्या सुन्दर   ‘विजुली  बस’ मा सरर

अर्थ संसार,  काठमाडौं – काठमाडौंमा साझा यातायातले विद्युतबाट चल्ने ‘विजुली  बस सञ्चालनमा ल्याएको छ ।

बिद्युतबाट चल्ने भएको ‘विजुली बस’ नाम राखिएको उक्त बस सेवाको प्रधानमन्त्री केपी र्शा ओलीले मंगलबार  उद्घाटन गरेका छन् । उद्घाटनपछि  पुल्चोकबाट ‘विजुली बस’ चढी  सिंहदरबार गएका थिए । प्रधानमन्त्रीसँगै काठमाडौं महानगर पालिका मेयर विद्यासुन्दर शाक्य  र ललितपुर महानगरपालिकाका मेयर चिरबाबु महर्जन पनि विजुली बसमा सवारी भई सिंहदरबार गएका थिए ।

साझाले एसियाली विकास बैंक (एडीबी)  सहयोगमा पाँच वटा विद्युतीय बस ल्याएको छ । यो लुम्बिनीमा सञ्चालनका लागि ल्याइएकोे थियो तर, पूर्वाधार तयार नभएसम्म काठमाडौंमा सञ्चालन गरिने साझा यातायातले जनाएको छ ।

5bcecdcd151a9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको