Like us!
Follow us!
Connect us!
Watch us!

मध्य भोटेकोशीको १ अर्ब ४४ करोड बराबरको आइपिओ आउँदै

मंगलबार, ०६ कार्तिक २०७५, १२ : १२ मा प्रकाशित

मध्य भोटेकोशीको १ अर्ब ४४ करोड बराबरको आइपिओ आउँदै

अर्थ संसार, काठमाडा– मध्य भोटेकोशी जलविद्युत कम्पनीले पहिलो चरणमा सञ्चयकोषका सञ्चयकर्ता, ऋण प्रदायक कम्पनीका कर्मचारी र संस्थापक शेयर धारण गर्ने कम्पनीका कर्मचारीलाई १ अर्ब ४४ करोड रुपैयाँ बराबरको  १ करोड ४४ लाख कित्ताको आईपिओ जारी गर्न अनुमति पाएको छ ।

कम्पनीले गत असार १७ गते धितोपत्र बोर्डमा आईपिओ निष्काशनको अनुमति माग्दै निवेदन दिएको थियो भने बोर्डले असोज २९ गते स्विकृत दिएको हो ।

जसमध्ये कर्मचारी संचय कोषका सञ्चयकर्ताहरुका लागि कुल एक अर्ब १७ करोड बराबरको एक करोड १७ लाख कित्ता शेयर, संस्थापक शेयरधनी संस्थाका कर्मचारीका लागि २१ करोड बराबरको २१ लाख कित्ता शेयर र ऋणदाता संस्थाका कर्मचारीका लागि ६ करोड बराबरको ६ लाख कित्ता शेयर बिक्री गर्नेछ ।

जलविद्युत कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल र सीआईबिएल क्यापिटल लिमिटेड रहेका छन् ।

पहिलो चरणको शेयर निष्काशन पछि दोस्रो चरणमा सिन्धुपाल्चोक बासीका लागि ६० करोडको आईपीओ र तेस्रो चरणमा सर्वसाधारण तथा कम्पनीका कर्मचारीलाई ९० करोडको आईपीओ निष्काशन गर्नेछ ।

यो पनि पढ्नुहोस्

छ्याङदी हाइड्रोपावरले एकै दिन चौथो र पाँचौ वार्षिक साधारणसभा गर्दै 

दशैंको दक्षिणा शेयरमा लगानी गरौं, थोरै लगानीबाट धेरै नाफा कमाउने अवसर !

शीतलनिवासको त्यो एउटा भाईरल तस्बिर..

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको