Like us!
Follow us!
Connect us!
Watch us!

कुस्तीमा नेपाल र भारतका आठ पहलवान विजयी

आइतबार, ०४ कार्तिक २०७५, १९ : ४४ मा प्रकाशित

कुस्तीमा नेपाल र भारतका आठ पहलवान विजयी

अर्थ संसार, इनरुवा– सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्यहर्षाहीमा आयोजित कुस्ती प्रतियोगितामा नेपाल र भारतका आठ पहलवान विजयी भएका छन् ।

बडादशैँको अवसरमा आयोजित प्रतियोगितामा नवलपरासीका दीपेन्द्र यादव र सर्लाहीका अरुण साह, भारत बनारसका प्रवीण पहलमान, प्रेमनाथ पहलमान र रामविलास पहलमान, भारत पञ्जाबका सोनु पहलमान, भारत हरियाणाका सेरा पहलमान र भारत झाँसीका राहुल पहलमान विजयी भएको स्थानीयवासी डुमरलाल मेहताले जानकारी दिनुभयो ।

आज सम्पन्न्न प्रतियोगिता विजयीलाई नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरिएको आयोजक समितिका अध्यक्ष श्यामलाल मेहताले जानकारी दिनुभयो । प्रतियोगिता हेर्नका लागि सयौँ दर्शक आएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको