Like us!
Follow us!
Connect us!
Watch us!

‘सारेगामापा’ मा मेनुका , जजले भने “तिम्रो मुल्याकंन गर्ने हाम्रो औकात छैन”

आइतबार, ०४ कार्तिक २०७५, १९ : १८ मा प्रकाशित

‘सारेगामापा’ मा मेनुका , जजले भने “तिम्रो मुल्याकंन गर्ने हाम्रो औकात छैन”

अर्थ संसार, काठमाडौं - नेपाली रियालिटी शो नेपाल आइडलमार्फत सबै नेपालीको मन जितेकी गायिका मेनुका पौडेलको सुमधुर आवाजलाई आज पनि कसैले बिर्सन सकेको छैन ।

नेपाल आइडलबाट अपेक्षितरुपमा बाहिरीएकी उनले त्यसपछि पनि आफनो सांगेतिक प्रस्तुतीलाई रोकिनन् । त्यस समयता उनले पाश्र्व गायनसंगै केही सुमग गीतहरु गाईन् ।

भिडियो हेर्नुस

सांगेतिक क्षेत्रमा केही गर्ने सोचका साथ लागि परेकी उनी भारतकै चर्चित गायन रियालिटी शो ‘सारेगामापा’ मा अडिसन राउण्डबाट सेलेक्ट भएकी थिईन् । नेपालमा पहिलो पटक सारेगामापा को अडिसन भएको थियो जसबाट उनी चुनिएकी थिईन् । हिजोमात्र जि टिभीबाट प्रसारण भएको उक्त रियालिटी शोमा मेनुकाले मनै छुने प्रस्तुती दिएर मेघा अडिसनका लागि छनौट भएकीछिन् ।

उनले लता मंगेशकरको आवाजमा रहेको “जाने क्या बात है” गीत गाउँदा शोमा उपस्थिती जजसंगै जुरी मेम्बरहरु समेत रोएका थिए भने उनको प्रस्तुतीको सरहाना गर्दे सबै जजहरुले स्ट्याण्डिङ ओभिसन दिएका थिए ।

जजको रुपमा रहेका संगितकार शेखर रबजानी , सोना मोहपत्रा र वाजिद खानले मेनुकाको खुलेर प्रशंसा गरे भने शेखरले त आफनो आँसु थाम्नै सकेनन् । उनी भन्छिन् “तिम्रो गायनको जज गर्ने मेरो कुनै औकात छैन” । 

संगितको कुनै भाषा र सिमा हुँदैन भने जस्तै मेनुकाले भौगोलिक सिमा तोडेर अहिले भारतीय रियालिटि शोमा प्रस्तुती दिएकी छन्। उनको सारेगमपको यात्रा कहाँसम्म पुग्ने हो त्यो भने हेर्न बाँकी नै छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको