Like us!
Follow us!
Connect us!
Watch us!

मध्य दशैंमा दुखद् खबर ! बस दुर्घटनामा ३ को मृत्यु, २३ जना घाइते

शुक्रबार, ०२ कार्तिक २०७५, ११ : ३४ मा प्रकाशित

मध्य दशैंमा दुखद् खबर ! बस दुर्घटनामा ३ को मृत्यु, २३ जना घाइते

अर्थ संसार, चितवन–इच्छाकामना गाउँपालिका–६ जलवीरेस्थित नारायणगण मुग्लिन सडकखण्डमा आज बिहान बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार काँकडभिट्टाबाट पोखरा जाँदै गरेको ना५ख ४३८३ नम्बरको बस जलवीरे पुलबाट झण्डै ५० मिटर तल खोल्सामा खसेको थियो ।

मृतक तीनजनाको सनाखत हुन सकेको छैन भने घाइतेमध्ये २२ जनाको पुरानो मेडिकल कलेज र एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये चारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटना बिहान २ः३० बजे भएको थियो ।

त्यसैबीच माडीमा हात्तीको आक्रममणबाट एक किशोरको मृत्यु भएको छ । माडी नगरपालिका–३ धुवामा खेतको धान कुर्दै गरेका स्थानीय १५ वर्षीय रवि चौधरीको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

घटना राति १२ः३० बजे भएको प्रहरीले जनाएको छ । रातको समयमा जङ्गली हात्तीले धान खान थालेपछि माडीवासी जाग्राम बसेर हात्ती लखेट्ने गर्दछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको