Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्रीको वडादशैंको शुभकामना सन्देश : विकासको महाअभियानमा जुटौं

शुक्रबार, ०२ कार्तिक २०७५, १० : १४ मा प्रकाशित

प्रधानमन्त्रीको वडादशैंको शुभकामना सन्देश : विकासको महाअभियानमा जुटौं

अर्थ संसार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वडादशैंको अवसरमा शुभकामना सन्देश दिँदै देश विकासको महाअभियानमा जुट्न आहृवान गरेका छन् ।  

सरकार देशलाई आर्थिक समृद्धि र विकासको दिशामा अघि बढाउने मूल ध्येयलाई साकार तुल्याउन कृयाशील रहेको प्रधानमन्त्री ओलीले बताएका छन् ।

प्रधानमन्त्रीले भने, ‘हामी आमजनताको विश्वास र अपेक्षालाई शीरोपर गर्दै समृध्द नेपाल र सुखी नेपालीको लक्ष्य हासिल गर्न रत्तिभर समय खेर नफाली अघि बढ्न चाहन्छौं ।’

अहिले सानातिना विषय उधिनेर आपसी द्वन्द्व बढाउने समय नभएको बताउँदै प्रधानमन्त्रीले ‘राष्ट्र निर्माणको यो ऐतिहासिक अवसरमा हामी सम्पूर्ण नेपालीको एकता र साझा लक्ष्य अपरिहार्य भएकाले सत्तापक्ष र प्रतिपक्षमा विभाजित नभइ देश विकासको महाअभियानमा सहभागी हुन म सबैलाइ फेरि एक पटक आहृवान गर्दछु ।’

प्रधानमन्त्री ओलीले जनतालाई समृद्धि र सुख हासिल गराउने प्रतिवद्धताबाट आफु कुनै पनि क्षण विचलित नहुने प्रतिवद्धता व्यक्त गरेका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको