Like us!
Follow us!
Connect us!
Watch us!

एनआई सी एशिया बैंकको ‘न्यू प्रिमियम समुन्नति बचत खाता’ घरबाटै अनलाइमार्फत खोल्न सकिने

सोमबार, २९ असोज २०७५, २० : ०० मा प्रकाशित

एनआई सी एशिया बैंकको ‘न्यू प्रिमियम समुन्नति बचत खाता’ घरबाटै अनलाइमार्फत खोल्न सकिने

अर्थ संसार, काठमाडौं– “सोच बदलौं,एनआई सी एशिया बैंक नै रोजौँ”भन्ने मुल नाराका साथ एनआई सी एशिया बैंकले आफ्ना ग्राहक महानुभावहरुको सुविधालाई मध्यनजर गर्दै घरबाटै अनलाइनमार्फत खाता खोल्न सकिने व्यवस्था गरेको छ । 

बैंकको खाता खोल्न लाइनमा बसीरहन  पर्ने झण्झटबाट मुक्त गर्नको लागि अब घरैमा बसीबसी आफ्नो बैंक खाता खोल्न सकिने व्यवस्था मिलाएको बैंकले जनाएको छ । 

ग्राहक महानुभावहरुले अनलाइन बाट “न्यू प्रिमियम समुन्नतिबचत खाता”खोलेमा भिसा डेबिट कार्ड, मोबाइल बैंकिङ्गतथा इन्टरनेट बैंकिङ्ग सुविधामा २०% को विशेष छुट पाउन सक्नुहुनेछ । यस सुविधाबाट देश तथा विदेशमा रहेका ग्राहक महानुभावहरुलाई बैंकको “न्यू प्रिमियम समुन्नति बचत खाता”खोल्न सहजता होस् भन्ने उद्देश्यले संचालनमा ल्याइएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २६१ शाखाकार्यालयहरु, २५६ एटिएम, २५ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार रू. २०० अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १६४ अर्ब तथाकर्जा रू. १३८ अर्ब पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १२ लाख १९ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको