Like us!
Follow us!
Connect us!
Watch us!

काउण्टर पोइण्टको घोषणा : ओपो प्रिमियम स्मार्टफोन मध्यकै अग्रणी

आइतबार, २८ असोज २०७५, १६ : ४० मा प्रकाशित

काउण्टर पोइण्टको घोषणा : ओपो प्रिमियम स्मार्टफोन मध्यकै अग्रणी

अर्थ संसार, काठमाडौं– बजार अनुसन्धान फर्म काउण्टर पोइण्टले ओपोलाई लोवर प्रिमियम सेग्मेण्टमा स्मार्टफोन ब्राण्ड मध्यकै अग्रणी घोषित गरेको छ । संतृप्तबजार र ब्यापकप्रतिस्पर्धा विचओपोले पाइरहेको सफलतालाई नतिजाले प्रमाणित गरिदिएको छ । घरेलु बजार चीनबाट मात्रै ९५% फ्ल्यागशिप सेल्स प्राप्त गरेको ओपोसंग थपआकर्षक स्मार्टफोन उत्पादन गरी विश्वभरका यूवा उपभोक्ता मार्फत बजार हिस्सा अझ विस्तारित गर्ने प्रशस्त अवसर यथावत् रहेको स्पष्ट छ ।

‘नेपाली उपभोक्तामाझ हाम्रा उत्पादनको लोकप्रियता तथा चाहना बढ्दै गइरहेको छ । हाम्रा सेवा तथा उत्पादनका लागि प्राप्त निरन्तर माया, सहयोग र सद्भावका लागि हामी समस्त उपभोक्ताप्रति कृतज्ञ छौँ ।’, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ‘लगानीको उत्कृष्ट परिणाम दिने मिड रेञ्ज्ड उपकरण देखि ओपो एफनाइन जस्ता उच्च रेञ्जका स्टेट अफ आर्ट टेक्नोलोजी  सहितको उत्पादनपोर्टफोलियो मार्फत सर्वोत्कृष्ट प्रविधि, डिजाइन र प्रयोग अनुभव प्रदानगर्दै उपभोक्ताका हरेक आवश्यकता र चाहना पुरा गर्न हाम्रो ब्राण्ड सधैँ प्रतिबद्ध छ ।’

काउण्टर पोइण्ट रिपोर्टले हाई एण्ड प्रडक्ट शिपमेन्ट अन्तर्गत सन् २०१८ को दोस्रो त्रैमासमा ग्लोबल हाई एण्ड स्मार्टफोन बजार ७% ले बढेको निश्कर्ष निकालेको छ । समग्र प्रिमियम स्मार्टफोन बजार मध्यओपोले १०% हिस्सा ओगटेको छ भने ४४००देखि ६०० मूल्य पर्ने सेग्मेण्टमा २२% बजार हिस्सा सहित ओपो पहिलो स्थानमा छ भनेएप्पल, सामसुङ, हुआवे, साओमी लगायतले पछ्याइ रहेका छन् ।

अत्यधिक महत्वपूर्ण चिनियाहाई एण्ड स्मार्टफोन बजारमा भने एप्पलपहिलो स्थानमा र ओपो दोस्रो स्थानमा छ । चिनिया स्मार्टफोन निर्माताहरुले यस बर्ष आफ्ना फ्ल्यागशिपमोडलहरु परिस्कृत गरेका छन् भने ओपो तीमध्य सर्वाधिकअग्रपंक्तिमा देखिन्छ ।

केही समय अगाडी मात्र सार्वजनिकगरिएको फाइन्ड एक्स, सफलतापूर्वक आयोजितप्यारिस लञ्चपछि उपभोक्ताका साथै मिडिया मार्फत समेत अत्यधिकमात्रामावाहवाही बटुल्न सफल रह्यो । मेटालिक कलर्स र ग्लास ग्राडियण्ट मार्फत समग्र उद्योगमै धमाका मच्चाउन सफल कम्पनीको आर सिरिजको पनियसमा महत्वपूर्ण योगदान रहेको देखिन्छ ।

सन् २०१८ मा मात्रपनि ओपोले पानोरोमिकआर्क स्क्रिन, एआई–ईन्ह्यान्स्ड थ्रीडी क्यामेरा, सुपर भोक फ्ल्याशचार्जिङ, टीओएफ र थ्रीडी स्ट्रक्चर्ड लाइट प्रविधि जस्ता नव प्रबर्तनात्मक प्रविधिहरु सार्वजनिक गरिसकेको छ । ओपोले एआईका लागि स्टानफोर्ड युनिभर्सिटी संग सहकार्यका लागि सहमति गरिसकेको छ भने आन्तरिकरुपमा भविष्यमा विकसित गरिने ५जी स्मार्टफोनहरुका लागि ५जीको सफल परिक्षण समेत गरिसकेको छ । ओपोको तिब्र बजार बृद्धिका लागिउत्पादनका फिचर्सका साथै अन्य धेरै पक्षको समेत महत्वपूर्ण भुमिका रहेका छन् ।

हालकाबर्षहरुमा ओपोले म्यानुफ्याक्चरिङ र हार्डवेयर विकासका लागि आरएण्डडी र विश्वभरका डिजाइन सेन्टरहरुमा ब्यापक लगानी गरेको छ । सफ्टवेयरको क्षेत्रमा कम्पनीको कलरओसले सदाझैँ सहज र प्रयोग मैत्री अनुभव प्रदान गर्दै आइरहेको छ । यसको पुष्टि कम्पनीद्वारा वैश्विक स्तरमाहाल सम्मदर्ता गरिएका ३२ हजार प्राविधिक प्याटेन्टले गरेको छ ।

हालसम्म ओपोले ३० भन्दा बढी देश र क्षेत्रमा प्रवेश गर्दै ४ लाखभन्दा बढी विक्रि केन्द्र सञ्चालनमा ल्याइसकेको छ । मार्केटिङ र विक्रिका लागि ओपोले आफ्ना लक्षितउ पभोक्ताका रुपमा यूवासंग खेलकुद, फेशन, चलचित्र, गेमिङ लगायत अन्य विभिन्न लोकप्रिय माध्यम मार्फत निरन्तर सम्बन्ध र सञ्चार स्थापितग र्दै आइरहेको छ ।एफसीबार्सिलोना, भारतिय राष्ट्रिय क्रिकेट टिम, भिक्टोरियाज् सेक्रेट फेशनशो र अमेरिकाज् नेक्स्ट टप मोडल लगायतसंग सहकार्य गरिसकेको छ । यी सबै माध्यमबाट यूवा प्रयोगकर्तासम्म कम्पनीले सफल सम्पर्क स्थापितगर्दै मोबाइल काबारेमा राम्रो जानकारी उपलब्ध गराइ रहेको छ । यो रणनीति कम्पनीका लागि धेरै भन्दा धेरै यूवामाझपुग्न सफल प्रमाणित हुँदै आइरहेको छ ।

5bc3235953e88.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको