Like us!
Follow us!
Connect us!
Watch us!

हुम्लामा जनता बैंकको ३ शाखाबाट कारोवार सुभारम्भ

आइतबार, २८ असोज २०७५, १६ : ३० मा प्रकाशित

हुम्लामा जनता बैंकको ३ शाखाबाट कारोवार सुभारम्भ

अर्थ संसार, काठमाडौं– नेपाल सरकारको सबै स्थानीय तहमा बैंक शाखा पुर्याउने  योजनालाई आत्मसाथ गर्दै जनता बैंकले कर्णाली प्रदेशको अति विकट जिल्लाहुम्लाको तीनगाउँपालिकामाशाखा स्थापना गरी एकै साथकारोवार सुभारम्भ गरेको छ ।

हुम्लाजिल्लाको अदानचुलीगाउँपालिका, चंखेलीगाउँपालिका र ताजाकोट गाउँपालिकाबाट कारोवार सुरु गरिएको हो । अन्य शाखाहरु जस्तै यि शाखाहरुबाट पनिनिक्षेप, कर्जा, रेमिट्यान्ससेवा लगाएत सम्पूर्ण आधुनिक बैंकिङ् सेवा सुरु गरिएको छ ।

उच्च पहाडी तथा हिमाली  क्षेत्रका जनताहरुलाई देशको अन्य क्षेत्रसँग वित्तीय संजालमा जोड्न यि शाखाहरु महत्वपूर्ण हुनेछन् ।
साथै हाल सम्म मोटर बाटोको पहुँच नपुगेको यि दुर्गम भेगका जनताहरुको जीवनस्तरमा बैंकिङ्ग सेवाले केही सहजता प्रदान गर्न सक्ने विश्वास बैंकले लिएको छ ।

यि शाखाहरु समेत गरी जनता बैंकको देश भरीमाशाखा सञ्जाल१२६पुगेको छ । यि शाखाहरु अतिरिक्त बैंकले ७१ एटिएम, २ एक्स्टेनसन काउन्टर, २ सिमित बैंकिङ इकाई र ४० शाखा रहित बैंकिङहरुबाट ५ लाख भन्दा बढी ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको