Like us!
Follow us!
Connect us!
Watch us!

धनुषामा १० वर्षीया बालिकाको बलात्कारपछि हत्या, २ जना पक्राउ

शनिबार, २७ असोज २०७५, १९ : ४० मा प्रकाशित

धनुषामा १० वर्षीया बालिकाको बलात्कारपछि हत्या, २ जना पक्राउ

अर्थ संसार,  जनकपुरधाम – धनुषाको औरही गाउँपालिका-१ मा १० वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ । हत्यामा संलग्न दुई जना पक्राउ परेका छन् ।

घर नजिकै दुर्गापूजाको मेला हेर्न गएकी मुनिषाकुमारी यादव शुक्रबार साँझ हराएकी थिइन् । आमाबुबाले बालिका हराएको खबर गरेपछि खोजविनका क्रममा औरही-२ का रामआशिष साहको धानखेतबाट शव भेटिएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा औरही ५ परवाह मुखिया टोलका ३२ वर्षका विनोद मुखियाले पैसा दिएर फकाएको सूचना आयो । त्यसआधारमा उनलाई पक्राउ गरियो ।

उनको बयानका औरही ३ परवाह का ३० वर्षका नथुनी पण्डित पनि पक्राउ परेका छन् । दुबैले अभियोग स्वीकार गरेको र घटनाको अनुसन्धान भइरहेको डीएसपी दिपेन्द्र शाहीले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

फुटपाथमा नयाँ नोटको व्यापार (अर्थ संसार कभरेज)

खाद्य संस्थानले बेच्न थाल्यो प्रतिकेजी १० रुपैयाँ छुटमा खसीबोका, २ हजार चौपाया बेच्ने (अर्थ संसार कभरेज) 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको