Like us!
Follow us!
Connect us!
Watch us!

दुर्घटना न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम

शनिबार, २७ असोज २०७५, १० : २६ मा प्रकाशित

दुर्घटना न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम

अर्थ संसार, काठमाडौँ– संस्कार समाज नेपालले चाडबाडको समयमा हुने दुर्घटना कम गर्न गोङ्गबुस्थित नयाँ बसपार्कमा दुर्घटना न्यूनीकरणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।

चाडपर्वका बेला सवारीसाधनमा यात्रुको चाप बढी भई दुर्घटना बढ्न सक्ने भएकाले उक्त समाजले आजदेखि चार दिनसम्म जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

ट्राफिक नियम पालना गरौँ, गराऔँ, यात्रा गर्दा ध्यान पु¥याऔँ, कसैले नियम विपरीत कार्य गरेमा प्रहरीलाई खबर गरौँ, चालक र यात्रुबीचको सम्बन्ध विकास गरौँ’ जस्ता विषय कार्यक्रममा समावेश गरिएको छ । उक्त कार्यक्रम चार दिनसम्म बिहान ७ देखि बेलुका ५ बजेसम्म सञ्चालन हुने जनाइएको छ ।

समाजले यसअघि उपत्यकाका विभिन्न स्थानमा ट्राफिक जनचेतनामूलक हरेक हप्ता सरसफाइ, विद्यालयमा संस्कारसम्बन्धी कक्षा सञ्चालनका साथै अनाथ तथा असहायलाई सहयोग गर्दै आएको अध्यक्ष पशुपति गुरुङले जानकारी दिनुभयो ।

‘असल संस्कार नै समृद्धिको आधार’ भएकाले समृद्ध मुलुक निर्माणका लागि असल संस्कार आवश्यक रहेको उहाँको भनाइ थियो ।    दशैँ लागेसँगै नयाँ बसपार्कमा दैनिकजसो यात्रुको भीड लाग्ने गरेको छ । दैनिक दुई हजारभन्दा बढी बस नयाँ बसपार्कबाट मुलुकका विभिन्न स्थानमा जाने भएकाले सो स्थानमा भीड लागेको छ ।

यस्तै यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र यातायात व्यवसायीको संयुक्त पहलमा नयाँ बसपार्कमा यात्रु सहायता कक्ष समेत सञ्चालन गरिएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले यात्रुको समस्या समाधानका लागि उक्त कक्षमा सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको बताउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको