Like us!
Follow us!
Connect us!
Watch us!

२० वर्षपछि हत्या आरोपित वृद्ध पक्राउ

शुक्रबार, २६ असोज २०७५, १७ : ४१ मा प्रकाशित

२० वर्षपछि हत्या आरोपित वृद्ध पक्राउ

अर्थ संसार, सप्तरी– हत्याको आरोपमा २० वर्षपछि सप्तरीमा एक वृद्ध पक्राउ परेका छन् । खड्ग नगरपालिका–११ बनौलीका ७५ वर्षीय पञ्चु मण्डललाई घटनाको १९ वर्ष पाँच महीनापछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जानकारी दिएको छ ।

मण्डलमाथि उनका छिमेकी जदु मण्डललाई ०५६ वैशाख २९ गते हत्या गरेको आरोप छ । मृतककी श्रीमतीले इलाका प्रहरी कार्यालय कल्याणपुरमा ०५६ वैशाख ३० गते कर्तव्य ज्यानको उजुरी दर्ता गरेकी थिइन् ।

मृतक जदु र आरोपित पञ्चुका श्रीमतीबीच भएको विवादपछि उनीहरुबीच भएको झगडामा आरोपित पञ्चुले घाँटी थिचेर पेटमा प्रहार गर्दा जदुको मृत्यु भएको मृतककी श्रीमतीले बताएकी छिन् । आरोपितले भने जदुले आफूमाथि प्रहार गर्न खोज्दा उनले नै बोकेर ल्याएको फलामको कलको हेडले लागेर मृत्यु भएको बताएका छन् । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको