Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकको मिसकल बैंकिङ्ग सेवा

शुक्रबार, २६ असोज २०७५, १४ : १० मा प्रकाशित

ग्लोबल आइएमई बैंकको मिसकल बैंकिङ्ग सेवा

अर्थ संसार, काठमाडौं– ग्लोबल आइएमई बैंकले आफ्नाग्राहकहरुलाई अत्याधुनिक बैंकिङ्ग सेवाउपलब्ध गराउने उद्धेश्यले मिसकल बैंकिङ्ग -Missed Call Banking सेवा सञ्चालनमा ल्याएको छ ।

जस अन्र्तगत ग्राहक महानुभावहरुले बैंकले उपलब्ध गराएका बिभिन्न मोवाईल नम्बरहरुमा मिसकल दिएर आफ्नो खाताको बारेमाजानकारी लिन सक्नुहुनेछ ।

ग्लोबल आइएमई बैंक लि.को मोबाइल बैंकिङ्ग सेवा ग्लोबल स्मार्टमा आवद्ध बैंकका ग्राहकहरुले उपभोग गर्न मिल्ने यो सेवा अन्र्तगत ग्राहक महानुभावहरुले आफ्नो खातामा रहेको मौज्दात रकमको बारेमा जानकारी लिन ९८०१२३१२९४ नम्बरमा, खाताको पछिल्लो ३ वटा कारोबारको जानकारी लिन ९८०१२३१२९५ नम्बरमा, आफ्नो मोबाइलमारु १०० टपअप -TopUp_ गर्न ९८०१२३१२९६ नम्बरमा,  क्रेडिट कार्डको पछिल्लो ३ वटा कारोबारको जानकारी लिन ९८०१२३१२९७ नम्बरमा, आफुले बैंकमा बुझाउनु पर्ने कर्जाको किस्ता रकमको बारेमा जानकारी लिन ९८०१२३१२९८ नम्बरमा र बैंकले प्रदानगर्ने बिभिन्न कर्जाहरुको बारेमा जानकारी लिन ९८०१२३१२९९ नम्बरमा मिसकल दिन सक्नुहुनेछ ।

ग्राहक महानुभावहरुले माथि उल्लेखित फोन नम्बरहरुमा डायल गरेपछि उक्त नम्बरहरुमा १ घण्टी जाने र आफँै फोन काटिने छ, त्यस पश्चात बैंकले ग्राहकले बुझ्न चाहेको जानकारी मोबाइलमा म्यासेज मार्फत पठाउनेछ ।

ग्लोबल आइएमई बैंक लि. अत्याधुनिक प्रविधिलाई आत्मसाथ गर्दैै जाने क्रममा यसअघि अत्याधुनिक मोबाइल बैंकिङ्ग सेवा ग्लोबल स्मार्ट, भाईवर बैंकिङ्ग, अंग्रेजी तथा नेपाली भाषामा इन्टरनेट बैैंकिङ्ग सुबिधा, अनलाईन मार्फत घर मै अथवाजहाँँकहीं बसेर बैंक खाता खोल्न सकिने लगायतका सुबिधाहरु आफ्ना ग्राहकमाझ ल्याईसकेको छ ।

सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले १३२ शाखा, ५ एक्सटेन्सन काउण्टर, १३८ एटिएम, १५ राजश्व संकलन काउण्टर, १०३ वटा शाखारहित बैंकिङ्ग सेवा र ३ प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना ९ लाख ५० हजारभन्दा बढि ग्राहकहरुमाझ सेवाप्रदान गरिरहेको छ ।

ग्लोबल आइएमई बैंक लि. ले आफ्नाग्राहकको सुबिधालाई ध्यानमा राख्दैे समय समयमाआफ्ना सुबिधाहरुमाथप परिमार्जन गर्दै जाने लक्ष्यलिएको छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको