Like us!
Follow us!
Connect us!
Watch us!

चर्चमा आक्रमण गर्ने १७ जनालाई मृत्युदण्डको फैसला

शुक्रबार, २६ असोज २०७५, १० : ५५ मा प्रकाशित

चर्चमा आक्रमण गर्ने १७ जनालाई मृत्युदण्डको फैसला

काएरो– इजिप्टको एउटा सैनिक अदालतले बिहिबार १७ जनालाई बम आक्रमणमा दोषी ठहर गर्दै मृत्यु दण्डको फैसला गरेको छ ।

ठूलो संख्यामा मानवीय क्षति हुनेगरी चर्चामा बम विस्फोटन गराइएको घटनामा दोषी ठहर गर्दै उनीहरूलाई मृत्यु दण्डको सजाय तोकिएको हो ।

इस्लामिक स्टेट ९आइएस० लडाकूका नाममा गराइएको विस्फोटनमा परी दर्जनौंको मृत्यु भएको थियो ।
घटनामा दोषी पाइएका अरु १९ जनालाई आजीवन काराबासको सजाय तोकिएको छ भने दश जनालाई दशदेखि १५ बर्षसम्मको जेल सजाय तोकिएको छ ।

न्यायिक तथा सुरक्षा अधिकारीहरूले दिएको जानकारी अनुसार काएरोमा सन् २०१७ र २०१६ मा गराइएका विस्फोटनका घटनामा परी ७४ जनाको मृत्यु भएको थियो ।

सन् २०१६ को डिसेम्बर ११ तारिखका दिन काएरोको मुख्य भागमा पर्ने सेन्ट पिटर र सेन्ट पाउल चर्चमा भएको आत्मघाती हमलामा परी २९ जनाको मृत्यु भएको थियो ।

त्यसैगरी त्यही बर्षको अप्रिलमा पाल्म सण्डे मनाउन भेला भएकाहरुलाई आक्रमण गर्दा तान्टा र एलेक्सान्ड्रीयामा ४५ जना मारिएका थिए ।

इजिप्टमा क्रिश्चियन धर्माबलम्वीहरुले प्रार्थना गर्ने चर्चहरुमा बेला बेलामा आइएस लडाकूहरुले आक्रमहरु गर्ने गरेका छन् ।  रासस÷एएफपी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको