Like us!
Follow us!
Connect us!
Watch us!
बजार मूल्य भन्दा सस्तोमा सेयर किन्ने अबसर नगुमाउनुस्

यी कम्पनीको ३ करोड कित्ता हकप्रद  भर्नु भयो ?

विहीबार, २१ पुस २०७३, १३ : ५३ मा प्रकाशित

यी कम्पनीको ३ करोड कित्ता हकप्रद  भर्नु भयो ?

अर्थसंसार
काठमाडौँ – के तपाईले विभिन्न सेयर किनबेच गर्नु हुन्छ ? तपाईको माछापुच्छ्रे बैंक, नागबेली लघुवित्त, वेस्टर्न डेभलपमेन्ट, सेवका विकास, नमस्ते फाइनान्स, र सगरमाथा फाइनान्सको सेयर छ ? ती संस्थाले अहिले हकप्रद वितरण गरिरहेका छन् । कुन कम्पनीले कहिलेसम्म हकप्रद दिइरहेको छ भन्ने थाहा पाउनु आवश्यक छ । बजार मूूल्यभन्दा सस्तोमा किन्न पाइने सेयर भर्न किन छाड्नु ?

माछापुछ्रे बैंक लिमिटेड

माछापुछ्रे बैंक लिमिटेडले गत मंसिर २९ गतेदेखि ५० प्रतिशत अर्थात २ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । बैंकले एक सय रुपैयाँ अंकित दरमा एक अर्ब ९३ करोड २२ हजार ७ सय रुपैयाँ बराबरको एक करोड ९३ लाख २२ हजार ७ सय कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । कात्तिक ११ गते कायम बैंकका सेयरधनीले मंसिर पुस २४ गते अर्थात आइतबारसम्म हकप्रद भर्न सक्नेछन् । बैंकको हकप्रदमा पुष २४ गतेसम्म आवेदन दिन सकिनेछ ।

नागबेली लघुवित्त विकास बैंक लिमिटेड

नागबेली लघुवित्त विकास बैंक लिमिटेडले गत मंसिर २० गतेदेखि ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । बैंकले १ सय रुपैयाँ अंकित दरका १ लाख २५ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । हकप्रद निष्काशन पुस २४ गतेसम्म भर्न सकिने छ ।

वेष्टर्न डेभलपमेण्ट बैंक लिमिटेड

वेष्टर्न डेभलपमेन्ट बैंक लिमिटेडको शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । बैंकले गत मंसिर २२ गतेदेखि १ सय रुपैयाँ अंकित दरका १५ लाख ६९ हजार ६ सय कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । बैंकको हकप्रद निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड छ । पुस २६ गतेसम्म निष्काशन खुला रहने हकप्रद सेयरका लागि गत कात्तिक ३० गतेसम्म कायम सेयरधनीहरुले आवेदन दिन सक्नेछ ।

सेवा विकास बैंक लिमिटेड

सेवा विकास बैंक लिमिटेडले १२० प्रतिशत अर्थात १ बराबर १.२ को अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । बैंकले गत मंसिर २३ गतेदेखि १ सय रुपैयाँ अंकित दरका ५१ लाख ६ हजार ६ सय ६२ कित्ता कित्ता हकप्रद सेयर निष्काशन गरेको छ । उक्त हकप्रदका लागि पुस २७ गतेसम्म आवेदन दिन सकिनेछ ।  हकप्रद सेयर निष्काशनपछि बैंकको चुक्तापुँजी ९३ करोड ६२ लाख २१ हजार ४ सय रुपैयाँ पुग्नेछ । 

नमस्ते वित्तीय संस्था लिमिटेड

नमस्ते वित्तीय संस्था लिमिटेडको शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर पुस ८ गतेदेखि निष्काशन गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा तीन करोड ७५ लाख रुपैयाँ बराबरका तीन लाख ७५ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । मंसिर २३ गतेसम्म कायम सेयरधनीले मात्रै उक्त हकप्रद भर्न पाउनेछन् । उक्त हकप्रद निष्काशन माघ १३ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ । हाल कम्पनीको चुक्ता पँजी ३ करोड ७५ लाख रुपैयाँ रहेको छ । हकप्रद वितरणपश्चात कम्पनीको चुक्ता पूँजी ७ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।

सगरमाथा फाइनान्स

सगरमाथा फाइनान्स लिमिटेडले ८० प्रतिशत अर्थात १० बराबर ८ को अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा २९ करोड ५४ लाख रुपैयाँ बराबरको २९ लाख ५४ हजार ३९० कित्ता सेयर निष्काशन गरेको हो । उक्त हकप्रदका लागि माघ १७ गतेसम्म आवेदन दिन सकिनेछ । मंसिर २३ गतेसम्म कायम सेयरधनीले मात्रै उक्त हकप्रद भर्न पाउनेछन् । सगरमाथा फाइनान्सको चुक्ता पूँजी ३६ करोड ९२ लाख रुपैया छ । हकप्रद सेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी ६६ करोड ४७ लाख रुपैयाँ पुग्नेछ ।

यो पनि पढ्नु भयो ? 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी ज्ञवाली बर्खास्त

बिग सेलमा उपभोक्ताको भिड

को हो गरिब ?

स्वावलम्बन बैंकको ५३.६८ प्रतिशत लाभांश पारित

राजस्व चुहावट नियन्त्रणमा अपेक्षित सफलता भएनः अर्थमन्त्री महरा

रंगकर्मी विष्णुभक्त फुयाँलको अन्तिम विदाइ (फोटो फिचर)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको