Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा नगन्य सुधार : कारोबार रकम घट्यो

बुधबार, २४ असोज २०७५, १६ : ५० मा प्रकाशित

शेयर बजारमा नगन्य सुधार : कारोबार रकम घट्यो

अर्थ संसार, काठमाडौं– शेयर बजारमा आज नगन्य सुधार भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शुन्य दशमलव ४० अंकले बढेर एक हजार २ सय १८ दशमलव ३३ को बिन्दुमा पुगेको छ ।

कुल १ सय ६२ कम्पनीको ८ लाख ५६ हजार १८७ कित्ता शेयर खरिदबिक्री हुँदा रु २२ करोड ६५ लाख २४ हजार ६४७ बराबरको कारोबार भएको छ ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने शुन्य दशमलव १९ अंकले बढेर २ सय ५८ दशमलव ६८ अंकमा पुगेको छ ।

आज सानिमा माई हाइड्रोपावर लिमिटेडको रु  ३ करोड ४२ लाख ३० हजार ५१९ रुपैयाँको शेयर कारोबार भएको छ ।

यस्तै  सर्वाधिक कमाउनेमा मेगा बैंकका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ३ दशमलव ११ प्रतिशतले बढेको छ । त्यस्तै प्रभु बैंकको पनि ३ दशमलव ०८ प्रतिशतले बढेको छ । यस्तै बढी गुमाउनेमा गुमाउनेमा सिटी एक्सप्रेस फाइनान्सका लगानीकर्ताहरु रहेको र उनीहरुले ५ दशमलव ४५ प्रतिशत गुमाएका छन् ।

स्टककाअनुसार आज बैंकिंग समूह र उत्पादक तथा प्रशोधन समूह बढेका छन् भने बाँकी सबै समूहहरु घटेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको