Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकी डलरमा उच्च वृद्धि : यी क्षेत्रमा पर्ने भयो ठूलो प्रभाव

बुधबार, २४ असोज २०७५, १४ : ४६ मा प्रकाशित

अमेरिकी डलरमा उच्च वृद्धि : यी क्षेत्रमा पर्ने भयो ठूलो प्रभाव

अर्थ संसार, काठमाडौँ– पछिल्लो समयमा अमेरिकी डलरको मूल्यमा भएको उच्चा वृद्धिका कारण देशका धेरै क्षेत्रमा नराम्ररी प्रभावित भएका छन् ।

डलरको मूल्य क्रमशः बढ्दै रु १२० को हाराहारीमा पुगेको छ । अमेरिकी एक डलर खरिदका लागि रु १२ण् तिर्नुपदाृ त्यसले अर्थतन्त्रमा नराम्ररी समस्या खडा गरेको छ ।

अमेरिकी डलरको मूल्य आज  हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि प्रति डलरको बिक्रीदर ११९ रुपैयाँ ३३ पैसा निर्धारण गरेको छ ।

खरिददर भने ११८ रुपैयाँ ७३ पैसा तोकेको छ । यससँगै अमेरिकी डलरसँग नेपाली रुपैयाँ इतिहासमै कमजोर बनेको छ ।ग त अप्रिलदेखि नै नेपाली मुद्रा अमेरिकी डलरको तुलनामा घट्दै आएको हो ।

डलरको मूल्य बढ्दै जाँदा त्यसबाट विकास निर्माणका काम सबैभन्दा बढी प्रभावित भएका छन् । जलविद्युत् आयोजना समेत समस्यामा पुगेका छन् । हाइड्रो मेकानिकल र इलेक्ट्रोमेकानिकललगायतका सामग्री आयातमा अमेरिकी डलर नै खर्च हुने गरेको छ ।

यस्तै ठेकेदारलाई गर्नुपर्ने भुक्तानी तथा अन्य निर्माण सामग्रीको खरिदमा समेत डलर नै खर्च हुने गरेको छ ।

नेपाली मुद्राको भारतसँग स्थिर विनिमय दर रहेको कारण अमेरिकी डलरको तुलनामा भारतीय मुद्राको भाउ घटेपछि यसको सिधा असर नेपाली मुद्रामा पनि पर्ने गर्दछ । भारतको तुलनामा अमेरिकाको आर्थिक वृद्धि उच्च हुँदा भारतीय मुद्राको तुलनामा डलरको भाउ बढेको हो ।

दैनिकजसो डलरमा देखिएको बढोत्तरीले बजार भाउ उच्च भई न्यून आम्दानी भएकालाई थप प्रभाव पर्ने देखिन्छ । विदेशबाट आयात हुने विप्रेषणमा भने त्यसले सकारात्मक प्रभाव पारेको छ । त्यसबाहेक डलरको मूल्य वृद्धिले अरु सबै क्षेत्रमा नकारात्म्क प्रभाव मात्रै पारेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको