Like us!
Follow us!
Connect us!
Watch us!

प्रतिपक्षको भूमिकामा काङ्ग्रेस कमजोर : कोइराला

सोमबार, २२ असोज २०७५, १५ : ४३ मा प्रकाशित

प्रतिपक्षको भूमिकामा काङ्ग्रेस कमजोर : कोइराला

अर्थ संसार, चितवन– नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले प्रमुख प्रतिपक्षको भूमिकामा पार्टी कमजोर रहेको बताउनुभएको छ ।

आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले प्रमुख प्रतिपक्ष बलियो हुनुपर्ने बताउनुभयो । कोइरालाले निर्मला पन्तको बलात्कारपछि हत्या, मूल्यवृद्धि, भ्रष्टाचारलगायतका विषयमा विपक्षीको हैसियतले गर्नुपर्ने जति भूमिका काङ्ग्रेसले निर्वाह गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली काङ्ग्रेस अल्मलिएको हो कि भन्ने देखिन्छ ।” उहाँले संसदीय दल कमजोर बनेको बताउनुभयो ।

अर्को एक प्रसङ्गमा उहाँले आगामी नेतृत्वको विषयमा कार्यकर्तासँग छलफल भइरहेको बताउनुभयो । नेपाल विद्यार्थी सङ्घको उमेर हदका विषयमा पहिला छलफल नै नगरी बैठकमा ल्याएकाले समस्या देखिएको बताउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको