Like us!
Follow us!
Connect us!
Watch us!

आजदेखि नयाँ नोट, प्रतिव्यक्ति २७ हजार नयाँ नोट साट्न पाइने

आइतबार, २१ असोज २०७५, ०९ : ०८ मा प्रकाशित

आजदेखि नयाँ नोट, प्रतिव्यक्ति २७ हजार नयाँ नोट साट्न पाइने

नयाँ पैसा साट्न बसेको लाइन ।

अर्थ संसार, काठमाडौ –नेपाल राष्ट्र बैंकले आइतबारदेखि दसैंंका लागि नयाँ नोट साट्ने भएको छ । राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोटको सटही खुला गरेको हो ।

राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले गत वर्ष जस्तै यस वर्ष पनि प्रतिव्यक्ति २७ हजारका दरले नयाँ नोट सटही सुविधा दिएको बताए ।

‘२१ गतेदेखि प्रतिव्यक्ति २७ हजारका दरले नयाँ नोट सटही हुन्छ,’ प्रवक्ता पौडेलले बताए । राष्ट्र बैंकले विभिन्न २१ स्थानबाट नयाँ नोट सटही गर्दै छ ।राष्ट्र बैंकले आफूले बाहेक वाणिज्य बैंकहरूलाई पनि नयाँ नोट साट्ने जिम्मेवारी दिएको छ । गत वर्ष पनि वाणिज्य बैंकहरूले नयाँ नोट सटही गरेका थिए ।

राष्ट्र बैंकले १२ असोजबाटै वाणिज्य बैंकलाई नयाँ नोट उपलब्ध गराएको थियो ।बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूले पनि नयाँ नोट सटही गर्न सक्ने प्रवक्ता पौडेलले बताए ।

राष्ट्र बैंकका अनुसार नोट साट्दा थान मात्र साटिनेछ । नयाँ नोट सटहीका लागि राष्ट्र बैंकको थापाथली कार्यालय तथा राष्ट्र बैंकले उपत्यकाभित्र र बाहिर नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ ।

उपत्यकाबाहिर राष्ट्र बैंकका जिल्लास्थित सातवटा कार्यालयबाट पनि नयाँ नोट साट्न पाइनेछ । राष्ट्र बैंकका उपत्यकाबाहिरका कार्यालय र राष्ट्र बैंक मातहत सञ्चालित नोट कोष रहेका वाणिज्य बैंकले समेत सर्वसाधारणलाई नयाँ नोट साट्ने सुविधा उपलब्ध गराउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको