Like us!
Follow us!
Connect us!
Watch us!

दुई लाखको विभिन्न कपडा र पटाका बरामद

आइतबार, २१ असोज २०७५, ०९ : ०० मा प्रकाशित

दुई लाखको विभिन्न कपडा र पटाका बरामद


अर्थ संसार, गौशाला– भन्सार छली भारतबाट अवैध रूपमा लुकाइछिपाइ ल्याएको रु दुई लाखको विभिन्न लत्ताकपडा र पटाका शनिबार महोत्तरी प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार महोत्तरी प्रहरीले चाडपर्वलाई लक्षित गरी भन्सार नाकामा कडा चेकजाँच गरिरहेको बेला अवैध रूपमा भारतबाट नेपाल ल्याइएका रु २ लाख मूल्य बराबरको कपडा र पटाका बरामद गरिएको हो ।

उहाँले जिल्लाको एकडारा गाउँपालिका, सोनमा गाउँपालिका र जलेश्वर नगरपालिकाका भन्सार नाकाबाट अवैध रूपमा लुकाइछिपाइ भारतबाट नेपाल भित्र्याइएका साडी, कुर्ता सुरुवाल, पेटिकोट, पाइन्टलगायतका कपडा र त्यसैगरी विभिन्न ब्राण्डका बम र पटाका बरामद गरिएको बताउनुभयो ।

बरामद कपडा आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय महोत्तरीमा बुझाउने तयारी भइरहेको तथा पटाकाहरू नष्ट गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको