Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै

विहीबार, १८ असोज २०७५, ११ : २८ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै

अर्थ संसार, काठमाडौँ- १८ असोज । संयुक्त राष्ट्र संघको ७३औं महासभालाई सम्बोधन गर्न न्यूयोर्क गएका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदैछन्। महासभापछि उनले कोस्टारिकाको भ्रमणसमेत गरेका थिए। त्यहाँ शान्ति विश्वविद्यालयले उनलाई मानार्थ विद्यावारिधि उपाधि दिएको थियो।
असोज ६ गते न्यूयोर्क प्रस्थान गरेका ओली करिब २ सतापछि बिहीबार दिउँसो काठमाडौं आइपुग्न लागेका हुन्।

प्रधानमन्त्री ओली दिउँसो पौने ४ बजे कतार एयरवेजको नियमित उडानबाट काठमाडौं आइपुग्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ । न्यूयोर्कमा प्रधानमन्त्री ओलीले राष्ट्र संघको महासभालाई सम्बोधन गर्नुका साथै विभिन्न अन्तरक्रिया तथा छलफलमा सहभागी भएका थिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको