Like us!
Follow us!
Connect us!
Watch us!

अनाथ बालबालिकालाई गाउँपालिकाले पढाउने

विहीबार, १८ असोज २०७५, ०८ : ३८ मा प्रकाशित

अनाथ बालबालिकालाई गाउँपालिकाले पढाउने

अर्थ संसार, डोटी– डोटीको सायल गाउँपालिकाले अनाथ बालबालिकालाई पढाइ खर्चस्वरुप प्रतिमहिना रु एक हजार ५०० प्रदान गर्ने भएको छ ।

गाउँपालिकाले गरेको उक्त निर्णयबाट तीन दर्जन बालबालिका लाभान्वित हुने उपाध्यक्ष विष्ना सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिकाभरका अथान बालबालिकाको तथ्याङ्क सङ्कलन हुँदैछ, सबैलाई पढाउने निर्णय गरेका छौंँ।” सो भत्ताबाट आफन्तको घरमा बस्दै आएका टुहुरा बालबालिकाको पढाइमा समेत सहयोग पुग्ने भएको छ ।

गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ । सो अनुसार साठी वर्ष पुगेका गैरदलित र ५० वर्ष पूरा भएका दलित एकल पुरुषलाई प्रतिमहिना रु ५०० भत्ता दिने दिइने भएको छ । एकल महिला मात्र नभई एकल पुरुषलाई पनि समस्या हुने भएकाले भत्ता उपलब्ध गराउन लागिएको र यस्तो निर्णय गर्ने यो गाउँपालिका पहिलो भएको अध्यक्ष तेजबहादुर डुम्रेलले बताउनुभयो । उहाँले भन्नुभयो, “एकल पुरुषको समस्या देखेर भत्ता दिने निर्णय गर्ने हामी पहिलो जनप्रतिनिधि हौँ, यसबाट सबै एकल पुरुषलाई राहत मिल्ने छ ।” रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको