Like us!
Follow us!
Connect us!
Watch us!

पूर्व प्रधानमन्त्रीका श्रीमती पक्राउ

बुधबार, १७ असोज २०७५, २१ : ०४ मा प्रकाशित

पूर्व प्रधानमन्त्रीका श्रीमती पक्राउ

अर्थ संसार, क्वालालम्पुर– मलेसियाका पूर्वप्रधानमन्त्रीका श्रीमती रोसमाह मन्सुरलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको छ । कैयौँ अर्ब डलर भष्टाचार गरेको आरोपमा उहाँलाई देशको भ्रष्टाचारविरुद्ध कारबाही गर्ने निकायले बुधबार पक्राउ गरेको हो ।

रोसमाहका अधिवक्ता के कुमाराएन्ड्रानले उहाँ पक्राउ परेको पुष्टि गर्नुभएको समाचारमा जनाइएको छ । मलेसियाको भष्टाचार नियन्त्रणसम्बन्धी निकायले रोसमाहमाथि केही प्रश्नहरु उठाएपछि उहाँ पक्राउ परेको बताइएको छ ।

उहाँका श्रीमान् तथा मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई पनि भ्रष्टाचार र मुद्रा अपचलनलगायतको आरोप लागेको छ । रासस÷एएफपी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको