Like us!
Follow us!
Connect us!
Watch us!

बोटलर्स नेपाल (तराई) को ३२ औं वार्षिक साधारणसभा : शेयरधनीको हातमा ४०% लाभांश (अर्थ संसार कभरेज)

बुधबार, १७ असोज २०७५, ०५ : ५६ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– बोटलर्स नेपाल (तराई) को ३२ औां वार्षिक साधारणसभा मंगलबार (असोज १६ गते) होटल र्याडिसन, लाजिम्पाट काठमाडौंमा सम्पन्न भएको छ ।

साधारणसभाबाट साधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक सदस्यमा प्राइम होलिङ्ग प्रा.लि. का  प्रतिनिधि निरज रिमाल निर्वाचि हुनुभएको छ ।

त्यसै गरी साधारणबाट कम्पनीले चालु आर्थिक वर्ष २०७४\७५ को मुनाफबाट आफ्ना शेयरधनीलाई ४० प्रतिशत नगद लाभांश र  नयाँ पीइटी (पेट) लाइन निर्माणका लागि स्टान्डर्ड चार्टर्ड बैंकबाट २ अर्ब ८५ करोड रुपैयाँ टर्म लोन लिने विशेष प्रस्ताव पारित गरिएको छ ।

साधारणसभाबाट पारित उक्त लाभांश असोज १ गतेसम्म कायम सेयरधनीले पाउनेछन् । किन कि साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज २ गतेदेखि मंगलबारसम्म बुक क्लोज गरेको थियो ।

यस कम्पनीको सेयर पुँजी १२ करोड १० लाख रुपैयाँ छ । बोटलर्स तराईले गत आर्थिक वर्षमा ७१ करोड ५४ लाख २५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको