Like us!
Follow us!
Connect us!
Watch us!

तेह्रथुम पावर कम्पनीले १२ करोड बराबरको १२ लाख कित्ता आइपिओ बिक्री गर्दै

मंगलबार, १६ असोज २०७५, १० : ४३ मा प्रकाशित

तेह्रथुम पावर कम्पनीले १२ करोड बराबरको १२ लाख कित्ता आइपिओ बिक्री गर्दै

अर्थ संसार, काठमाडौँ–तेह्रथुम पावर कम्पनीले रु १२ करोड बराबरको १२ लाख कित्ता साधारण शेयर (आइपिओ) बिक्री गर्ने भएको छ । जारी पूँजीमध्ये १० प्रतिशत अर्थात् चार लाख कित्ता (रु चार करोड) साधारण शेयर आयोजना प्रभावित क्षेत्र तेह्रथुम जिल्लाका स्थानीयवासीलाई बिक्री गर्न लागिएको छ ।

यस्तै सर्वसाधारणलाई २० प्रतिशत अर्थात् आठ लाख कित्ता (रु आठ करोड) शेयर बिक्री गर्न लागेको छ । कम्पनीले आज धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

शेयर निष्काशनसम्बन्धी सम्झौतापत्रमा कम्पनीका प्रबन्ध सञ्चालक मोहनकुमार डाँगी र एनआइबिएल एस क्यापिटलका तर्फबाट महाप्रबन्धक मेखबहादुर थापाले हस्ताक्षर गर्नुभयो । हाल उक्त कम्पनीको अधिकृत पूँजी रु ४० करोड, जारी पूँजी रु ४० करोड र चुक्ता पूँजी रु २८ करोड रहेको छ । स्थानीय बासिन्दा र सर्वसाधारणमा शेयर बिक्री तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी रु ४० करोड पुग्ने कम्पनीका प्रबन्ध सञ्चालक डाँगीले जानकारी दिनुभयो ।

तेह्रथुम पावर कम्पनी लिमिटेडले तेह्रथुम जिल्लाको साविक मोराहाङ, श्रीजुङ, पौठाक र ओयाक्जुङ गाविस हाल मेन्छेयायेम गाउँपालिकामा ७.५ मेगावाट क्षमताको माथिल्लो खोरुङगा खोला साना जलविद्युत् आयोजनाको निर्माण गरिरहेको छ । हालसम्म सो आयोजनाको भौतिक प्रगति करीब ६० प्रतिशत पुगेको छ ।

नेपाल विद्युत् प्राधिकरणसँग विसं २०७३ कात्तिकमा विद्युत् खरिद सम्झौता गरेको आयोजनाले २०७६ पुस १ गतेदेखि व्यावसायिक उत्पादन गर्नुपर्नेछ । तर कम्पनीले छ महिनाअगावै अर्थात् आगामी असार मसान्तसम्म विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा नेपाल बङ्गलादेश बैंक, जनता बैंकले क्रमशः रु ४० करोड, ३० र ३० करोड लगानी रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको