Like us!
Follow us!
Connect us!
Watch us!

पहिलो पटक महिला नेतृत्व पायो टेलिकमले

शुक्रबार, १४ असोज २०७३, १२ : ५३ मा प्रकाशित

पहिलो पटक महिला नेतृत्व पायो टेलिकमले

अर्थ संसार

काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा कामिनी राजभण्डारी नियुक्त भएकी छिन् । नेपाल टेलिकममा महिला नेतृत्व पुगेको यो पहिलो पटक हो । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले राजभण्डारीलाई टेलिकममा नियुक्त गरेको हो ।
सरकारले टेलिकममा प्रबन्ध निर्देशक छनौट गर्नका लागि मन्त्रालयका सचिव दिनेश थपलियाको संयोजकत्वमा छनौट समिति गठन गरेको थियो । सो समितिले सुनिलकुमार पोखरेल, कामिनी राजभण्डारी र मदन खरेलको नाम सिफरिस गरिएकोमा मन्त्रीपरिषद्ले राजभण्डारीलाई नियुक्त गरेको हो ।

राजभण्डारी २०१४ देखि टेलिकममा नायव प्रवन्ध निर्देशक पदमा कार्यरत थिइन् । त्यस्तै टेलिकमको चिफ टेक्निकल अफिसरका रुपमा १९८५ देखि रहदै आएकी थिइन् । राजभण्डारीले एशियन इन्ष्टिच्युट अफ टेक्नोलोजीबाट १९९१ मा एमविए र २००१ मा म्यानेजमेन्ट अफ टेक्नोलोजी पास गरेकी हुन् ।
७ असोज,०७३

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको