Like us!
Follow us!
Connect us!
Watch us!

दराज एफ सार्वजनिक हुँदै, आफुलाई मन परेको सामान विशेष छुटमा किन्न सकिन

शनिबार, १३ असोज २०७५, ०८ : ३९ मा प्रकाशित

दराज एफ सार्वजनिक हुँदै, आफुलाई मन परेको सामान विशेष छुटमा किन्न सकिन

अर्थ संसार, काठमाडौं– नेपालको न. १ अनलाइन मार्केट, दराजले नयाँ प्रविधिमा आधारित नयाँ एप सेप्टेम्बर २९ मा सार्वजनिक हुने भएको छ ।

नयाँएप पुरानोलाई अपडेट गरेर वागुगलप्ले तथा एप स्टोरबाट डाउनलोड गरेर उपयोग गर्न सकिनेछ । नयाँ एप प्रयोगकर्ताको रोजाई अनुसार सामानहरु देखाउनेछ ।

नयाँ विशेषताहरुका साथै नयाँ सफ्ट्वेयर र एल्गोरिदमले बनेको नयाँ दराज एप नितान्त व्यक्तिगत एवं सुरक्षित हुनेछ ।   

दराजले आफ्नो नयाँ एपमा ब्राण्ड भौचरका माध्यमबाट दैनिक रुपमा आकर्षक छुटहरु उपयोग गर्ने सुविधा दिएको छ । ‘डेली फ्लास सेल’मा उपभोक्ताले विशेष सामान तथा ती सामानमा पाइने अफरको जानकारी पनि पाउने छन् । यस बाहेक उपभोक्ताले आफ्नो ‘विस लिष्ट’ मा राखेका सामानमा पाउने अफरहरुको जानकारी नियमित रुपमा देख्न सक्ने छन् ।

दराजको नयाँफिचर तपाईका लागिमात्र हुनेछ जसमा उपभोक्ताको रोजाई अनुसारका सामान तथा सेवाका बारेमा सहज रुपमा जानकारी उपलब्ध हुनेछ । यसले आफ्नो चाहना अनुसारका ब्राण्ड तथा सामानको खोजी गर्न उपभोक्तालाई स्वचालित रुपमामार्ग निर्देश गर्नेछ ।

‘अल्गोरिदम एसिस्टेड फिचर’ ले उपभोक्तालाई दराजमा निश्चित सामानमात्र खोज्ने नभई सम्बन्धित धेर भन्दा धेरै उत्पादनको खोजी गर्न पनि सहयोग गर्छ । यसले धेरै ब्राण्डका एकै किसिमका सामानसम्म उपभोक्तालाई पुर्याउन मद्धत पुग्छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको