Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा धैर्यता जरुरी, यसरी गर्नुस लगानी, प्रतिफल ग्यारेन्टी

शुक्रबार, १२ असोज २०७५, ०५ : ०० मा प्रकाशित

शेयर बजारमा धैर्यता जरुरी, यसरी गर्नुस लगानी, प्रतिफल ग्यारेन्टी

अर्थ संसार, काठमाडौं - शेयर बजार पुनः असन्तुलित देखिएको छ । अर्ब माथिको कारोबार लगत्तै बजार सुधार भएको संकेत देसिखएपनि बुधबार र बिहिबारको बजार हेर्दा बजार पुनः असन्तुलित देखिएको छ ।

बजारमा फेरी पनि चलखेल भएको आशंका गरिएको छ । सकारात्मक दिशामा केन्द्रित भएको भन्ने विश्लेषणमा साथ उत्साहित भएका लगानीकर्तालाई यस साताको कारोबारको अन्तिम दिन बिहीबार पुन नकारात्म्क सन्देश दिएको छ ।

बिहीबार बजार दोहोरो अंकले गिरापट आएको छ । बुधबार पनि बजार करिब साँढे तीन अंकले घटेको थियो । लगानीकर्तालाई उत्साहित बनाएको बजारले पनि धैर्य गुमाएको अवस्था छ । बजार थप सन्तुलित भए नभएको बारेमा समेत आगामी आइतबारसम्म नै कुर्नुपर्ने देखिएको छ । किनकी यस साताको कारोबार आजबाट बन्द भएको छ ।

बजार बढ्दा उत्साहित हुने लगानीकर्ता बजार घटदा पुनः निरुतसाहित भएका छन् । बजार बुम बुम हुने अवस्था आएको भन्दै सोमबार र मंगलबार लगानीकर्ता खुसी भएका थिए । तर बु्धबार र बिहिबार बजार घटेपछि लगानीकर्तालाई फेरी निराश भएका छन् । बजारलार्य सन्तुलित बनाउने भन्दा यसलाई प्रभावित पार्ने प्रवृत्ति पनि सतहमा देखा पर्छन् । तिनले क्षणिक रुपमा लाभ प्राप्त गर्ने मनसाय मात्र राख्छन् ।

क्षणिक लाभ प्राप्त गरिहाल्ने प्रवृत्ति बजारमा हावी देखिएको छ । केही बैंक तथा वित्तीय संस्थाको शेयरमा बढेको आर्कषण सामान्य लाग्ने भन्दा फरक प्रकृतिको पनि देखिएको छ । भने राम्रा भनिएका शेयरको मूल्यमा समेत नकारात्मक असर परेको छ ।

त्यसमाथि चाडबाडको मौसम पनि आएकाले बजार अझै असन्तुलित हुन सक्ने सम्भावना पनि उत्तिकै छ । तर बजारलाई सकारात्म्क प्रभाव पार्ने अर्को उपाय भनेको बैंक तथा वित्तीय संस्थाले साधारण सभा गर्ने र बोनस प्रदान गर्ने अवसर पनि यही बेला नै आएको छ ।

त्यसकारण लगानीकर्ताले संयम भएर बजारलाई नियाल्नुपर्ने अवस्था छ । धैर्यताले मात्रै प्रतिफल प्राप्त गर्न सकिन्छ । अधैर्य हुँन्दा धेरै विषय बिग्रन जान्छ । त्यसतर्फ विशेष ध्यान दिएर बजारलाई प्राकृतिक रुपमा सन्तुलित बनाउन पनि लगानीकर्ताले प्रयास गर्नुपर्छ ।

हामीसँग जोडिन चाहानुहुन्छ ?

यहाँ क्लिक गरी लाईक गर्नुहोस् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको