Like us!
Follow us!
Connect us!
Watch us!

के शेयर बजार अब बुम बुम हुँदैछ, अर्ब माथिको कारोबारले ल्याएको खुसी

बुधबार, १० असोज २०७५, १३ : २२ मा प्रकाशित

के शेयर बजार अब बुम बुम हुँदैछ, अर्ब माथिको कारोबारले ल्याएको खुसी


अर्थ संसार, काठमाडौं –  पछिल्लो दिनमा शेयर बजारले बुम हुने संकेत देखाएको छ । मंगलबार करिब २२ अंकले बजार बढेको छ ।लामो समयको निराशा पछि बजार लयमा फर्केको आकंलन र अनुमान पनि विश्लेषकहरुले गरेका छन् । तर त्यसको पछाडि भने बैंक तथा वित्तीय संस्थाले बाड्न थालेको बोनसले पनि काम गरेको छ ।

शेयर बजार ओरालो लाग्दा त्यसले नागरिकमा निराशाको बादल  छाएको थियो । पछिल्ला केही दिनदेखि बजारमा क्रमशः वृद्धि हुँदै आएको छ ।

 धितोपत्र बजारमा मंगलबार कारोवारमापक नेप्से परिसूचक २२ दशमलव ३ बिन्दुले बढेर एक हजार २७९ दशमलव ९८ बिन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च हो । आज पनि बजार सकारात्मक रुपमा नै अगाडि बढेको छ । बजारमा नयाँ उतसाह थपिएको छ ।

सस्ता शेयर उठाउनेले पनि मौका पाएका थिए । क वर्गका बैंक तथा वित्तीय संस्थाको शेयर पनि आधारभूत मूल्यको आसपासमा नै रहेको थियो ।

मंगलबार एकै दिन कारोबार रकम अर्ब माथि पुगेको हो । यो धेरै पछि बजारमा देखिएको गुल्जारको नयाँ रुप थियो । किनकी बजार व्श्सित हुँदै गएको र सकारात्मक परिणाम निकाल्ने तर्फ केन्द्रित भएको अर्ब माथिको कारोबारले नै निदृष्ट गर्दछ ।

तर चाडबाडमा मुखमा बढेको बजारले कस्तो परिणाम देला भनेर अहिल्यै अनुमान गर्नु समेत गाह्रो हुन जान्छ । नागरिक चाडबाडमा र अरु काममा नै व्यस्त हुने समयमा शेयरको मूल्य बढ्दा त्यसले कस्तो प्रतिफल देला भन्ने विषयमा अहिल्यै केही भनी हाल्ने अवस्था छैन ।

तर बजार लयमा फर्किएको छ । धेरै डुबेकाहरुले अब त्राण पाउने भए भन्ने व्श्विास समेत बढेको छ । यस्तो मौकालाई सदुपयोग गर्दै अगाडि बढ्नु आजको प्रमुख आवश्यकता देखिएको छ ।

बैंक तथा वित्तीय संस्थाले बोनस दिन थालेको र शेयरमा लगानीका लागि क्रमशः वातावरण बन्दै गएको भन्दै बजारमा लगानीकर्ता ओइरिएपछि नेप्से परिसूचक र कारोबार रकममा समेत वृद्धि भएको सहजै अनुमान गर्न सकिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको