Like us!
Follow us!
Connect us!
Watch us!

फेसबुक करामत : डिएसपीलाई आफ्नै बुहारी ‘सेक्सी’ लागेपछि....

मंगलबार, ०९ असोज २०७५, ०८ : १३ मा प्रकाशित

फेसबुक करामत : डिएसपीलाई आफ्नै बुहारी ‘सेक्सी’ लागेपछि....

अर्थ संसार, काठमाडौं- फेसबुकले युवापुस्तालाई मात्र होइन, बृद्ध पुस्तालाई पनि बिगारेको छ ।

प्रविधिको राम्रो ज्ञान नहुँदा र दुप्योगको परिणाम थाहा नहुँदा फेसबुकका कारण धेरै बर्बाद भएका छन् ।

नेपाल प्रहरीका एक पुर्व डिएसपी पनि अहिले फेसबुकको लफडामा फसेका छन् ।

आफ्नी भाई बुहारीलाई अश्लील सन्देश पठाएको तथा फोटोमा चरित्रहत्या गर्ने गरी कमेन्ट गरेको आरोपमा पुर्व डिएसपी कृष्णकुमार खड्का क्षेत्री पक्राउ परेका हुन् ।

उमेरले करिब ६ दशक पुगेका उनलाई फेसबकुको लत रहेछ ।साथीभाई तथा आफन्तको फोटो र स्टाटसमा कमेन्ट गरिरहने मात्र होइन, म्यासेन्जरमा म्यासेज पनि पठाईरहन्थे ।
त्यही क्रममा उनले आफ्नी बुहारीको फोटोमा सेक्सी भनेर कमेन्ट गरे ।

बुहारी आश्चार्यमा परिन् । अन्य फोटोमा पनि उनले त्यस्तै कमेन्ट गर्दै गए ।

पछि त च्याटमा नै अश्लील म्यासेजहरु पठाउन थालेपछि उनकी बुहारी हैरान भईन् र प्रहरीमा पुगिन् ।

काठमाडौंमा होस्टल चलाउने ती महिला असोज २ गते उजुरी लिएर महानगरी अपराध महाशाखा पुगिन् ।

महाशाखाले उनलाई फोन गर्यो ।उनी भुपु डिएसपी भएको पत्ता लाग्यो । नेपालगन्ज बस्ने उनलाई काठमाडौं ल्याईयो ।

गत शुक्रबार उनलार्य महाशाखाले बोलायो, बुहारीलाई पठाएको म्यासेज देखायो ।, यो खबर आज प्रकाशित दृष्टि साप्ताहिकमा छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको