Like us!
Follow us!
Connect us!
Watch us!

ईटहरीमा पहिलो उच्च गुणस्तरको सपिङ्ग मल सेन्ट्रल प्लाजा र सिनेमा हल सिनेफ्लिक्स

सोमबार, ०८ असोज २०७५, १९ : ५६ मा प्रकाशित

ईटहरीमा पहिलो उच्च गुणस्तरको सपिङ्ग मल सेन्ट्रल प्लाजा र सिनेमा हल सिनेफ्लिक्स

अर्थ संसार, काठमाडौं- श्रेष्ठ ईन्टरटेनमेन्ट एण्ड हस्पीटालिटी प्रा. लि. ले ईटहरीको केन्द्रमा पहिलो आकर्षक सपिङ्ग मल सेन्ट्रल प्लाजा र अत्याधुनिक सुविधायुक्त उच्च गुणस्तरको सिनेमा हल सिनेफ्लिक्सको सोमबारा उद्घाटन गरेको छ ।

सो समारोहमा प्रदेश नं. १ का मुख्य मन्त्री माननीय शेरधन राई, प्रमुख प्रतिपक्ष दलका नेता श्री राजीव कोईराला, प्रमुख सचेतक माननीय बुद्धी कुमार राजभण्डारी,  सभासदहरु माननीय सर्बध्वज साँँवा, माननीय लीलम बस्नेत, माननीय कुसुम श्रेष्ठ, उपरथी समीर शाही पृतनापती पूर्व पृतना अद्दा इटहरी, सहायक रथी भरत पाठक Chief of staff या कतबाा पूर्व पृतना अद्दा इटहरी, सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेति, इटहरी उप महानगरपालिका का मेयर द्वारिका लाल चौधरी, सशस्त्र प्रहरी कार्यालयका प्रमुख डिआइजी, मन्दीप श्रेष्ठ, ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी, रबी कुमार पौडेल, इटहरी ईलाका प्रहरी कार्यालयका प्रमुख  डिएसपी शिव कुमार श्रेष्ठ प्रमुख अतिथिको रुपमा सहभागी हुनुभएको थियो ।

कार्यक्रमको उद्घाटन समारोहमा श्रेष्ठ ईन्टरटेनमेन्ट एण्ड हस्पीटालिटी प्रा.लि.का डाइरेक्टर राजेश श्रेष्ठले भन्नुभयो - हामीलाई विश्वास छ पहिलो पटक ईटहरीमा खुलेको यस सिनेमा हल र सपिङ्ग मलले ईटहरीका दर्शकहरुलाई मनोञ्जनको उत्कृष्ट अनुभव गराउनेछू ।

बजारको आकर्षक स्थलमा रहेको १० तल्ले यस सपिङ्ग मलको ग्राउन्ड फ्लोर देखि तेस्रो तल्ला सम्ममा अन्तराष्ट्रिय ब्रान्डको पसलहरु रहनेछन् जहाँ सँसारका फेसन ट्रेन्डको थरिथरिका लुगाहरु पाइनेछ र भवनको चौथो तल्लामा फुड कोर्ट, गेमिङ्ग जोन र किड जोन रहनेछ ।

सिनेफ्लिक्स मल्टिप्लेक्स यो भवनको पाँचौ तल्लामा रहेको छ । ईटहरीमा पहिलो पटक बनाइएको लक्जरी मल्टिप्लेक्स मा दुई वटा स्क्रिन रहेका छन् । २७० सीट क्षमताको उक्त मल्टिप्लेक्सको स्क्रिनहरुमा पछिल्ला सबै हिन्दी, नेपाली र अङ्गग्रेजी सिनेमाहरु 3D मा हेर्न पाइने छ । हलमा पाईने अत्याधुनिक प्रविधिको सुविधायुक्त फुल एयर कन्डिसन भएको कोठाहरु र आरामदायी सीटहरुले फिल्म हेर्न आउने दर्शकहरुलाई नौलो र रमाइलो अनुभव गराउने छ ।

सिनेफ्लिक्समा दर्शकहरुको चाहना अनुसारका भेजिटेरियन र नन–भेजिटेरियन स्न्याक्स जस्तै स्यान्डवीच, पपकर्न, नाचोस, र चिसो ड्रिङ्कहरु पनि उपलब्ध गराइनेछ ।

सेन्ट्रल प्लाजाको ६ देखि ९ तल्लामा श्रेष्ठ ईन्टरटेनमेन्ट एण्ड हस्पीटालिटी प्रा.लि को नयाँ लगानीको होटल भरन्डा खोलिने छ । यो होटलमा ३६ आकर्षित कोठाहरु हुनेछन् र सबै कोठामा ईटहरी शहरको दृश्य देख्न सकिने बरन्डाको व्यवस्था हुनेछ ।

सेन्ट्रल प्लाजा र सिनेफ्लिक्सको समुद्घाटन पछि ईटहरी र यस वरपर को दर्शकहरुले नौलोपनको अनुभव गर्नेछ । यो सपिङ्ग मलले परिवार र साथीभाईहरु सँग आनन्दपुर्वक रमाइलो गर्ने मौका दिनुका साथै मुभिहलले दर्शकहरुलाई फिल्म हेर्ने नयाँ अनुभव दिनेछ । सेन्ट्रल प्लाजा र सिनेफ्लिक्स चाँही श्रेष्ठ ईन्टरटेनमेन्ट एण्ड हस्पीटालिटी प्रा.लि. को पहिलो प्रयास हो र यसले दर्शकहरुलाई भरपूर सन्तुष्टि दिने विश्वास लिइएको छ ।

 

5ba8f3f35838c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको