Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल शिक्षक महासङ्घको अध्यक्षमा भट्ट

आइतबार, ०७ असोज २०७५, ०९ : ०७ मा प्रकाशित

नेपाल शिक्षक महासङ्घको अध्यक्षमा भट्ट

अर्थ संसार, गोरखा- नेपाल शिक्षक महासङ्घ गोरखाको अध्यक्षमा ध्रुवकुमार भट्ट चयन हुनु भएको छ ।

जिल्लाभित्र क्रियाशील शिक्षक सङ्गठनको संस्थाको रूपमा रहेको महासङ्घको शनिबार राति अबेर सम्पन्न भेलाले भट्टलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

भेलाले सहअध्यक्षमा राजन कट्टेल, उपाध्यक्षमा उदयबहादुर भट्ट र उर्मिला विष्ट, सचिवमा श्यामप्रसाद लामिछाने, सहसचिवमा गोपालबाबु मरहठ्ठा, उषा थापा र अनिल कुँवर चयन गरेको नवनिर्वाचित अध्यक्ष भट्टले जानकारी दिनुभयो ।

शिक्षक हकहित र अधिकारका लागि साझा आवाज उठाउनका लागि जिल्लामा महासङ्घको गठन भएको नवनिर्वाचित अध्यक्ष भट्टले बताउनुभयो ।

शिक्षक युनियनको खारेजीपछि निर्माण गरिएको महासङ्घको जिल्ला नेतृत्वसँगै प्रदेश र सङ्घका प्रतिनिधि सर्वसम्मत चयन गरिएको हो ।

भेला एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन, नेपाल शिक्षक सङ्घ, नेपाल राष्ट्रिय शिक्षक सङ्घ, अखिल नेपाल शिक्षक सङ्गठन र विद्यालय कर्मचारी सङ्गठनको आयोजनामा सम्पन्न भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको