Like us!
Follow us!
Connect us!
Watch us!

सरकारसँग ८ बुँदे सहमतिसँगै यातायात मजदुरको आन्दोलन फिर्ता

शुक्रबार, ०५ असोज २०७५, १७ : ४१ मा प्रकाशित

सरकारसँग ८ बुँदे सहमतिसँगै यातायात मजदुरको आन्दोलन फिर्ता

अर्थ संसार, काठमाडौं–  सरकारसँग ८ बुँदे सहमतिसँगै यातायात मजदुरको आन्दोलन फिर्ता भएको छ ।  मुलुकी संहिताको विरोध गर्दै आन्दोलित यातायात मजदुर र सरकारबीच शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको  सहमतिसहमति पछि आन्दोलन फिता गरेका हुन् ।

सहमति अनुसार नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले दिएको ज्ञापनपत्रलाई कार्यान्वयनमा लैजान गृह, भौतिक पूर्वाधार तथा यातायात र कानून, न्याय तथा संसदीय मामिलामा पठाउने भनिएको छ ।


दोस्रो बुँदामा ट्राफिक संकेत र सडकको नियमित मर्मत गरी भौतिक अवस्था दुरुस्त राख्ने र राष्ट्रिय राजमार्गमा निश्चित दुरीमा ठूला सवारीका लागि व्यवस्थित पार्किङको व्यवस्था गर्ने उल्लेख छ ।

सडक दुर्घटना हुँदा निष्पक्ष छानबिन गरी घटनामा दोषी देखिएका जोसुकैलाई कारवाही गर्ने सुनिश्चित गर्ने, सवारी चालकलाई समय समयमा सडक सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेबारे सरकारले सहमति जनाएको छ ।

ट्राफिक प्रहरीको व्यवहार परिवर्तनका लागि गृहले आवश्यक व्यवस्था मिलाउने, आन्दोलनका क्रममा गिरफ्तारीमा परेका सवारी चालकलाई आजै रिहा गर्ने लगायतका सहमति भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको