Like us!
Follow us!
Connect us!
Watch us!

यस साता २ अर्ब ६२ करोडको कारोबार

शुक्रबार, ०५ असोज २०७५, १४ : ४९ मा प्रकाशित

यस साता २ अर्ब ६२ करोडको कारोबार

अर्थ संसार,काठमाडौं– पुँजी बजारमा यस साता २ अर्ब ६२ करोडको कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार यस साता १८९ कम्पनीको ९० लाख ७० हजार सात सय ७० कित्ता सेयरहरु खरिद बिक्री भएको छ ।

कारोबार रकम गत साताको भन्दा २४.९१ प्रतिशत बढी हो । गत साता १८६ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार २३६११ कारोबारबाट दुई अर्ब १० करोड १५ लाख ६५ हजार रुपैयाँ बराबरका एक करोड दुई लाख ५५ हजार छत सय ८० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

यस साता कारोबार रकम (१९ करोड ९० लाख ५० हजार रुपैयाँ) को आधारमा एनएमबि बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (पाँच लाख ५३ हजार कित्ता) र कारोबार संख्या (१४५७ वटा) को आधारमा पनि एनएमबि बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस     साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको