Like us!
Follow us!
Connect us!
Watch us!

द्रुतमार्गको लागत १ खर्ब ३५ अर्ब

शुक्रबार, ०५ असोज २०७५, ०७ : ४१ मा प्रकाशित

द्रुतमार्गको लागत १ खर्ब ३५ अर्ब

काठमाडौं - बहुप्रतिक्षित काठमाडौं - तराईरमधेश द्रुतमार्गको अनुमानित लागत १ खर्ब ३५ अर्ब रुपैयाँ हुने प्रारम्भिक आकलन गरिएको समाचार आजको कारोबारमा छापिएको छ ।  

दक्षिण कोरियाली कम्पनी सुसुङसँग १० करोड १५ लाख  रुपैयाँ लागतमा डीपीआर निर्माणको सम्झौता गर्न लागेको सेनाले आयोजना पूरा हुँदासम्म यसअघि अनुमान गरिएभन्दा लागत बढ्ने जनाएको छ ।

७६।२ किमी लम्बाईको यो आयोजना २०७८ भित्र निर्माण कार्य सक्ने गरी सम्पूर्ण व्यवस्थापनको जिम्मा सेनाले लिइसकेको छ । ४ लेनको द्रुतमार्ग पहाडमा २५ र तराइमा २७ मिटर चौडा हुने छ ।  

सेनाले उल्लेख गरेको यो अनुमानित लागत सन् २००१ मा एसियाली विकास बैंक ९एडीबी० ले गरेको सर्वेक्षणभन्दा ४५ अर्ब बढी हो । एडीबीले १० बर्षअघि गरेको सर्वेक्षणमा द्रुतमार्गको लागत ९० अर्ब हुने उल्लेख गरिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको