Like us!
Follow us!
Connect us!
Watch us!

बैंक तथा वित्तीय संस्थामा दक्ष कर्मचारी चाहियो, यस्तो छ ब्रान्ड न्यू उपाय

विहीबार, ०४ असोज २०७५, ०८ : १० मा प्रकाशित

बैंक तथा वित्तीय संस्थामा दक्ष कर्मचारी चाहियो, यस्तो छ ब्रान्ड न्यू उपाय

अर्थ संसार, काठमाडौँ  -  बैंक तथा वित्तीय संस्थाका साथै बीमा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले देशमा पहिलोपटक बैंकिङ फाइनान्स इन्स्योरेन्स इन्स्टिच्युट (बिएफआइएन) स्थापना भएको छ ।

राष्ट्रका नाम चालेका ‘क’ वर्गका वाणिज्य बैंक र वित्तीय संस्थासँगको साझेदारीमा स्थापना भएको  बिएफआइएन बीमा, बैंक तथा वित्तीय क्षेत्रमा वैज्ञानिक अनुसन्धान, पूँजी बजार, नियामक निकायसँग मिलेर वित्तीय क्षेत्रसँग सम्बन्धित तथ्याङ्क भण्डारको काम गर्ने बुधबार राजधानीमा  कार्यक्रम आयोजना गरेर बताएको छ ।

अर्थ सचिव (राजश्व) शिशिरकुमार ढुङ्गानाले उक्त प्रतिष्ठानको उद्घाटन गर्दै बीमा, बैंक र वित्तीय क्षेत्रलाई अग्रगति प्रदान गर्न बिएफआइएन सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

बिएफआइएनका अध्यक्ष विनोद आत्रेयले नेपालका १६ वटा बैंक, वित्तीय संस्थासँग मिलेर स्थापना भएको प्रतिष्ठानले यस क्षेत्रका निम्ति आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनका साथै क्षेत्रगत अध्ययन–अनुसन्धानमा पनि टेवा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको