Like us!
Follow us!
Connect us!
Watch us!

७ करोड ३९ लाख कित्ता सेयर अनुमतिको पर्खाइमा

विहीबार, ०४ असोज २०७५, ०७ : ४६ मा प्रकाशित

७ करोड ३९ लाख कित्ता सेयर  अनुमतिको पर्खाइमा

अर्थ संसार, काठमाडौं- नेपाल धितोपत्र बोर्ड (सेबोन) मा ७ करोड ३९ लाख ७२ हजार ४ सय ४० दशमलव ८१ कित्ता सेयर निष्कासन अनुमतिको पर्खाइमा रहेको छ ।

सोमध्ये ३ करोड ९४ लाख ६३ हजार ४ सय १६ कित्ता आइपिओ रहेको छ भने ३ करोड ४५ लाख ९ हजार २४ दशमलव ८१ कित्ता हकप्रद सेयर रहेको छ । आइपिओ निष्कासन गर्न १७ कम्पनी र हकप्रद निष्कासन गर्न ७ कम्पनीले बोर्डमा आवेदन दिएका छन् ।

आइपिओ निष्कासन गर्न आवेदन दिने १७ कम्पनीमध्ये १३ जलविद्युत् कम्पनी, २ लघुवित्त कम्पनी, १ इन्भेस्टमेन्ट कम्पनी र एक मर्चेन्ट बैंक रहेका छन् ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि २ लाख कित्ता निष्कासन गर्न गर्जाङ उपत्यका हाइड्रोपावरले २०७३ असोज १४ गते बोर्डमा आवेदन दिएको थियो । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल क्यापिटल लिमिटेड रहेको छ ।

बोर्डले कम्पनीलाई क्रेडिट रेटिङ पत्र देखाउन २०७४ वैशाख १३ गते अनुरोध गरेको छ । लाफिङ बुद्ध पावर नेपाल लिमिटेड र युनिक हेडल कम्पनीले आइपिओ निष्कासनका लागि २०७४ जेठ ३१ गते बोर्डमा आवेदन दिएका थिए ।

यी दुवै कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि सेयर निष्कासन गर्न अनुमति मागेका हुन् ।

लाफिङ बुद्धले सिद्धार्थ क्यापिटलको बिक्री प्रबन्धकत्वमा ९ लाख ७८ हजार कित्ता र युनिक हेडलले एनएमबि क्यापिटलको बिक्री प्रबन्धकत्वमा ५ लाख ५० हजार कित्ता आइपिओ निष्कासन गर्ने बोर्डसँग अनुमति मागेको हो ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको